सनि_Writes :
नयाँ सुरुवात
मृत्यु त एउटा सुरुवात हो, अन्त्य कसले भन्छ र?
पुरानो चोला बदलिन्छ केवल, प्राण कहाँ मर्दछ र?
अँध्यारो रात कटेपछि नै, नयाँ बिहानी बन्दछ नि,
यात्रा यो कहिल्यै रोकिँदैन, अघि बढिरहन्छ नि।
झरेर पात पहेँलो बने, माटोमै मिल्नु पर्छ यहाँ,
तर त्यही माटो खनेर फेरि, नयाँ अङ्कुर उम्रिन्छ जहाँ।
सृष्टिको यो शाश्वत नियम, कसले यहाँ बदल्छ र?
एउटा रूप सकिए पनि, जीवन कहाँ टर्दछ र?
रोक न आँसु, नलिऊ तिमी मनमा कत्ति पनि तिर्सना,
यो त केवल यात्रा हो अर्को, नगर यसमा विल्पना।
एउटा अध्याय सकिएर नै, नयाँ पाना पल्टिन्छ अब,
सत्य यो सुन्दर बुझ्नेछौ तिमी, चेतनाले छुन्छ जब।
2026-06-20 18:32:40