@falaicha123.com: “रातभरि जागेर कमाएको पैसा, आफ्नै खुसी किन्न पुगेन…” रातको २ बजेको हुन्छ… सबै मानिस गहिरो निद्रामा हुन्छन्, तर एउटा प्रदेशी भने अझै काममै हुन्छ। उसको आँखामा निद्रा हुन्छ, शरीरमा थकान हुन्छ, तर मनमा परिवारको जिम्मेवारी हुन्छ। किनकि उसलाई थाहा हुन्छ — ऊ रोकियो भने घरको चुलो निभ्न सक्छ… बा आमाको औषधि छुट्न सक्छ… छोराछोरीको पढाइ रोकिन सक्छ… त्यसैले ऊ आफ्नो खुसी भन्दा धेरै परिवारको सपना बोकिरहेको हुन्छ। विदेशको तातो घाममा पसिना बगाउँदा उसले कहिल्यै आफ्नो शरीरको पीडा सम्झिँदैन, तर जब राति कोठामा एक्लै पल्टिन्छ, त्यो बेला उसलाई आफ्नै जीवन सम्झेर आँखा रसाउँछ। उसले कमाएको पैसा घर पुग्छ… घरमा नयाँ मोबाइल आउँछ… घरको छानो फेरिन्छ… भाइको बिहे हुन्छ… छोराछोरी राम्रो स्कुल जान्छन्… तर त्यो सबै खुसीभित्र एउटा मान्छे बिस्तारै सकिँदै गएको हुन्छ — प्रदेशी। उसले कहिल्यै आफ्नो मनले चाहेको कुरा किनेन। न नयाँ कपडा… न घुम्न जाने रहर… न कुनै चाडपर्व खुलेर मनाउने समय… किनकि उसलाई सधैं एउटै डर हुन्छ — “यो पैसा खर्च गरे घरमा समस्या पर्ला कि…” कतिपय प्रदेशी यस्ता हुन्छन्, जसले आफ्नो जन्मदिनसम्म सम्झिँदैनन्। काम, काम र जिम्मेवारीमै जीवन बिताइरहेका हुन्छन्। आमा फोनमा सोध्नुहुन्छ — “बाबु, तेरो स्वास्थ्य ठीक छ नि ?” ऊ मुस्कुराउँदै भन्छ — “म ठिक छु आमा…” तर वास्तविकता के हुन्छ भने, ऊ त्यो दिन ज्वरो भएर पनि काम गरिरहेको हुन्छ। बा उमेरले बुढा हुँदै जानुहुन्छ… आमाको आँखाको ज्योति कम हुँदै जान्छ… छोराछोरी हुर्किँदै जान्छन्… तर प्रदेशीको जीवन भने एउटै कोठा र एउटै कामभित्र थुनिएको हुन्छ। उसले आफ्नै बच्चाको पहिलो पाइला देख्न पाउँदैन… पहिलो शब्द सुन्न पाउँदैन… स्कुलको पहिलो दिनसँगै हिँड्न पाउँदैन… उसले मोबाइलको स्क्रिनबाट मात्रै आफ्नो परिवार ठूलो भएको हेर्छ। कति पीडादायी हुन्छ होला त्यो क्षण… जब आमा बिरामी हुनुहुन्छ, तर छोरो हजारौं किलोमिटर टाढा हुन्छ। मन त दौडेर घर पुग्न खोज्छ, तर बाध्यता भन्ने चीजले मान्छेलाई कति कमजोर बनाउँछ… कति प्रदेशीहरू छन्, जसले बाबाको अन्तिम अनुहारसम्म हेर्न पाएनन्। भिडियो कलमै रोए… आँसु पुछ्दै फेरि भोलिपल्ट काममा गए… किनकि रोएर मात्रै जिन्दगी चल्दैन। बाहिरबाट हेर्दा लाग्छ — “विदेश गाको छ, पैसा कमाएको छ, खुसी होला…” तर त्यो पैसा कमाउन उसले कति रात रोयो, कति सपना मार्‍यो, कति आफ्नो इच्छा दबायो भन्ने कसैले देख्दैन। ऊ आफूलाई मन पर्ने मान्छेसँग खुलेर बोल्न सक्दैन… चाडपर्वमा परिवारसँग बस्न सक्दैन… आफ्नो गाउँको हावा महसुस गर्न सक्दैन… दशैं आउँछ… घरमा सबै रमाइरहेका हुन्छन्… तर प्रदेशीको कोठामा भने एउटा सानो मोबाइलबाट गाउँ हेरेर आँखा रसाइरहेको हुन्छ। आफ्नो सानो भाइले नयाँ बाइक चढेको देख्दा ऊ खुसी हुन्छ। आमाले राम्रो साडी लगाएको देख्दा ऊ खुसी हुन्छ। घरमा पक्की घर बनेको देख्दा ऊ खुसी हुन्छ। तर ती सबै खुसीभित्र एउटा प्रश्न सधैं बाँकी रहन्छ — “मेरो आफ्नै खुसी चाहिँ कहाँ हरायो ?” उसले रातभरि जागेर पैसा त कमायो… तर आफ्नो बालापन गुमायो… आफ्नो परिवारसँग बिताउने समय गुमायो… आफ्नो मनको शान्ति गुमायो… जिन्दगीको सबैभन्दा ठूलो सत्य यही हो — पैसाले घर बनाउन सक्छ, तर परिवारसँग बितेको समय फर्काउन सक्दैन। आज धेरै प्रदेशीहरू हाँसेको अभिनय गरिरहेका छन्। किनकि उनीहरूलाई थाहा छ — यदि आफू कमजोर भए, पूरै परिवार कमजोर हुन्छ। त्यसैले उनीहरू आफ्नो आँसु लुकाएर, आफ्नो पीडा दबाएर, रातभरि जागेर काम गरिरहेका छन्… तर दुःखको कुरा के छ भने — यति धेरै दुःख सहेर कमाएको पैसाले पनि उनीहरूको आफ्नै खुसी भने किन्न सकेन… ✍️ फलैँचा

फलैचा 🌱
फलैचा 🌱
Open In TikTok:
Region: NP
Tuesday 26 May 2026 07:31:07 GMT
68253
3828
143
723

Music

Download

Comments

bibeks7
Bibek🥰 :
6 years vayo night duty garako 🥰
2026-05-26 16:14:44
5
rajlama391
RAZ :
Aile ma night duty mai xu😔😔😔😔
2026-05-26 23:31:15
0
nirmalbista245
NIRMAL BISTA 🇳🇵💗🦂 :
हरेक परदेशीको यथार्थ कुरा😢😢
2026-05-26 22:33:34
0
yububhaii77
🇳🇵युबु..🔥🗾 :
Facts 🥹💪
2026-05-26 07:36:45
0
minoli35
Min Oli :
म १८ बर्ष उमेर देखि अहिले ४२ उमेरसम्म आईपुग्दा बहुत पैसा घरपरिवार को लागी यो शरिर सँघर्षमय भयो 🥰 पैसा कर्म ले नै सब ठाउँमा डुलायो,चिनायो सिकायो तर दुखसुख बराबर छ 🥰❤️
2026-05-26 13:51:27
2
b.k.s.k6
बिरेन्द्र जंग क्षेत्री(🐝🔐) :
3:09 am ma gerdai xu🥹
2026-05-26 23:10:21
0
nishan08791
Nishan Khatri🇳🇵🛫🇧🇪❤️‍🩹 :
Same yr😭😭😭
2026-05-26 19:34:16
0
spast818
लक्षमी सूनार (रूकमेलि ) :
अब केई समय मात्र हो माया दूख😥😥😥न आतिनू म छूनि साथ दिने❤️❤️😥
2026-05-27 04:42:52
0
bsl_778
Iam Bishal😎 :
Oh my god🥺
2026-05-26 13:16:03
0
shivarajkatwal
shiva❣️Laxmi :
Facts kura😔😔😔
2026-05-27 01:43:42
0
devlgurung532
구룽 :
reality😳
2026-05-27 00:32:45
0
susantasapkota728
J ती न 💔 :
5 बर्ष भयो रातिको काम गरेको 😳
2026-05-26 21:43:51
0
jivangm0
@jivan.com15096 :
2 yeasr
2026-05-26 23:12:21
0
manojmanojmanojcd
manojmanojcdy :
👍sir
2026-05-26 15:37:09
0
rachana.bashyalra
रचु❣️ :
मलाइ त मेरो बुवाको भिनाजुको र बुढाको धेरै माया लाग्यो यिनी सबै पढ्दा हाम्रो भन्दा बिदेसिनी सबै को पिडा यकै लाग्यो फर्केर आउनु भन्न नि सक्दिन नजानु भन्न नि सक्दिन मन थाम्नै गारो भो ख्याल राख्नु ल आफ्नो सबै ले 😫😓😭😭😭😭
2026-05-26 16:41:19
2
birgorkhalimyagdi
Bir Gorkhali Myagdil :
100%
2026-05-26 15:49:23
0
8848mani
8848~SARKAR :
naman hjr man xoyo👏👏👏👏
2026-05-26 22:43:27
0
aayushrashi
@Ra❤️❤️❤️dhaa :
ke garnuta yastai xa pardeshiko pida💔💔💔
2026-05-26 15:50:22
0
rohit87659
Rohit :
वाशतमा यो सते कुरा छ जीनदगी यसतै यसतै गरि चली राको छ 😥😥😥😥😥😥😥
2026-05-26 16:28:23
0
jhapa300
Rajesh Tajpuriya :
sahi ho
2026-05-26 08:59:10
0
dumjan13
BikRam :
Reality 🥹 But when you have a very understanding family, money is nothing. There are many ups and downs but they are still happy. (I don't mean that nothing is money, it's up to you how you do the utilities )
2026-05-26 20:26:51
0
its__me__amir6
Amir Panday :
its reality of all my pradeshi daju vai , dede bahini😢
2026-05-27 00:14:24
0
durga.neupane371
Durga Dai :
मेरा जिवनका भोगाइ हरु मेरै लागि लेखिदिनु भएझैं लाग्यो। कस्तो अचम्म !
2026-05-26 14:14:50
3
ashokmoktan289
Ashok :
ati marmik sabda haru 🥰 pardesee ko pida yastei raxa
2026-05-26 09:07:09
1
dhanekarki24
Dhanendra Karki :
खै म पनि 23साल देखी यहीँ समस्या को समाधान खोज्देइछु कि हामी 12hours hard work गरेर बेलुका घरमा खाना खान कहिले पुग्ने होला ???????
2026-05-26 17:34:34
0
To see more videos from user @falaicha123.com, please go to the Tikwm homepage.

Other Videos


About