@anishkarkii: सुन्दरहरैचामा श्रीमान–श्रीमतीको एकै दिन निधन, एउटै चितामा दाहसंस्कार गरिदै यस्ता घटनाहरू समाजमा निकै विरलै सुन्न र देख्न पाइन्छन्। मोरङको सुन्दरहरैचा–११ कर्जुनामा एकै परिवारका श्रीमान–श्रीमतीको एकै दिन निधन भएको घटनाले स्थानीयवासीलाई भावुक बनाएको छ। ६५ वर्षीय नन्दलाल कार्की बिरामी परेपछि जेठ १४ गते अस्पताल भर्ना गरिएको थियो। त्यही दिन बेलुका खाना खाएर सुतेकी उनकी श्रीमती बिमला कार्की जेठ १५ गते बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परिन्। श्रीमतीको निधन भएको केही घण्टामै उपचाररत नन्दलाल कार्कीको पनि सोही दिन राति करिब १० बजे निधन भएको परिवार स्रोतले जनाएको छ। दशकौँसम्म सुख–दुःखमा साथ निभाएका दम्पतीको जीवनयात्रा पनि एकै दिन टुंगिनु अत्यन्त दुर्लभ र मार्मिक घटना भएको स्थानीयवासीहरू बताउँछन्। यस घटनाले कर्जुना क्षेत्र मात्र नभई आफन्त र चिनेजानेकाहरूलाई समेत स्तब्ध बनाएको छ। दुवै जनाको अन्त्येष्टि आज जेठ १६ गते अहिले दिउँसो लोहन्द्रा–लोहित गंगा घाटमा भईरहेको छ। कार्की दम्पतीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना। 🙏😥#furyou #foryoypage