@yougantar0: भारतले भन्यो– 'नेपालसँगको सीमा विवादमा बेलायतको भूमिका छैन।' किन भन्यो? सिधा छ– उनीहरू सुगौली सन्धिका पुराना पाना पल्टाउन चाहँदैनन्। तर हामी डराउनेवाला छैनौँ। हामीले बहसको गियर नै चेन्ज गरिदिएका छौँ। यो संकेत सिधा छ– ग्रेटर नेपाल। यो कुनै चिया पसलको गफ होइन, हाम्रो इतिहास र गौरवको कुरा हो। १९५० को सन्धिको धारा ८ ले पुराना सबै असमान सम्झौता खारेज गर्छ भन्दा धेरैको सातो गइसकेको छ। तर संसद्को जात्रा हेर्नुस् न! हिजो महाकाली, कोशी र गण्डकी नदीको साँचो बुझाएर देश बेच्नेहरू आज राष्ट्रवादको नयाँ नाटक गर्दै मेरो विरोध गरिरहेका छन्। नेपाली जनताले बुझिसके: हिजो महाकाली बेच्दा 'राष्ट्रवाद' को बाँसुरी बजाउने र उखान-टुक्का भन्दै जनता हँसाउनेहरूलाई आज सुगौली सन्धि खारेज भएको हेर्ने मनै छैन। इतिहास ब्युँतियो भने तिनीहरूको विगत र कुर्सी दुवै नाङ्गिन्छ भन्ने डर छ यिनीहरूलाई। राष्ट्रहित विरुद्ध भएका हरेक सम्झौताको पुनः समीक्षा अब अपरिहार्य छ। मेरो सिधा सन्देश संसद्मा रोइलो गर्नेहरूलाई: हिजो देशका नदीनाला सुम्पिँदा तिम्रो राष्ट्रवाद कहाँ सुतेको थियो? संसद्को रोस्टममा उभिएर ठुला कुरा गर्न सजिलो होला, तर जनताले तिमीहरूको 'डबल स्ट्यान्डर्ड' चिनिसके। अब फेसबुकमा 'उखान-टुक्का' लेखेर र संसद्मा टेबल ठोकेर मलाई रोक्न सकिँदैन। सिंहदरबारबाट देश र माटोको रक्षाका लागि काम सुरु भइसकेको छ। सिधा र स्पष्ट! जय नेपाल!