@darkinside027: ३५ वर्षसम्म कसैले थाहा पाएन ! श्रीलंकामा रहेको नेपालको करिब १ अर्बको जग्गा सुटुक्क बेचिएको खुलासा काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा नेपाल सरकारको नाममा रहेको करिब १ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा ३५ वर्षअघि नै निजी व्यक्तिको नाममा बिक्री भएको चकित पार्ने तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले कम्पाउन्ड वाल निर्माणका लागि प्रक्रिया अघि बढाउँदा मात्र नेपाल सरकारको नाममा रहेको जग्गाको स्वामित्व नै गायब भएको खुलासा भएको हो। त्यसपछि गरिएको खोजबिनमा नेपालले १९८९ मा खरिद गरेको १.५ एकड जग्गामध्ये १ एकड जग्गा दुई पटकसम्म निजी व्यक्तिको नाममा बिक्री भइसकेको भेटिएको छ। प्राप्त विवरणअनुसार उक्त जग्गा नेपाल सरकारका तत्कालीन अवैतनिक वाणिज्यदूत अल्बर्ट एडिरिसिङ्घेको नामबाट सन् १९९० मै निजी व्यक्तिलाई बिक्री गरिएको देखिन्छ। त्यसपछि सन् १९९४ मा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएको रेकर्ड फेला परेको छ। अझ अचम्मको कुरा के छ भने सन् १९९५ देखि कोलम्बोमा नेपाली दूतावास सञ्चालनमा रहे पनि दूतावास, राजदूत वा परराष्ट्र मन्त्रालयले ३५ वर्षसम्म उक्त जग्गा बिक्री भएको तथ्य पत्ता लगाउन सकेनन्। नेपाल सरकारको सम्पत्ति अरूको नाममा गएको जानकारी मन्त्रालयले २०२५ मा मात्र प्राप्त गरेको थियो। जग्गा खरिद गर्दा नेपाल सरकारले करिब ३ लाख ६० हजार अमेरिकी डलर तिरेको थियो। हाल उक्त जग्गाको मूल्य करिब ६५ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान गरिएको छ। घटना सार्वजनिक भएपछि सरकारी सम्पत्तिको संरक्षण, परराष्ट्र मन्त्रालयको निगरानी प्रणाली तथा विदेशस्थित नेपाली दूतावासहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ। अझ नेपाल सरकारले आफ्नो नाममा खरिद गरेको जग्गाको आधिकारिक स्वामित्व कागजातसमेत दूतावाससँग नरहेको तथ्यले सरकारी लापरबाहीको अर्को पाटो उजागर गरेको छ। यता, कोलम्बोस्थित नेपाली दूतावास भने आफ्नै जग्गा हुँदाहुँदै दशकौँदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको छ। दूतावास र राजदूत निवासका लागि नेपाल सरकारले वार्षिक करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी भाडा खर्च गरिरहेको छ। पुरा समाचार पढ्न baahrakhari.com को पुरा लिंक कमेन्ट मा राखीको छ

darkinside
darkinside
Open In TikTok:
Region: JP
Friday 05 June 2026 04:53:31 GMT
159484
2117
11
95

Music

Download

Comments

birendrathapa26
🎫Mr.qazi❤️❤️❤️❤️❤️😍 :
kp hola
2026-06-05 15:10:03
12
padam.raj.rai
Seven seas :
उता बेलायत तिर पनी बेच्न खोज्दै थियो ! बेची सके की कसो ???
2026-06-06 09:03:06
7
newpane64
Newpane :
Omg 😳
2026-06-12 16:23:47
0
jayaramthapa8299
jayaramthapa8299 :
balen sarkar please don't leave anyone 🥰🥰🙏🥰🥰
2026-06-07 00:04:25
3
chitra.sen.limbu
Chitra sen Limbu :
Jai ho👍
2026-06-06 09:15:04
0
dimensionbirodhi
oneness dimension :
यो समाचार ल्याउने महानुभावलाई धन्यवाद छ जानकारी समाचारका लागि
2026-06-06 19:47:20
1
surya.thapa959
Surya lamichhane magar :
7 pusta samma asuli gare kasto hola
2026-06-05 21:47:27
6
mahendrachaudhary4418
Mahendra chaudhary :
😳😳😳 को हो केपि शर्मा ओली हुन कि
2026-06-06 01:13:48
3
sanu.ghale75
Sanu Ghale :
३५ ४० वर्ष भित्रका सम्पूर्ण कर्तुतहरू अहिले आएर छताछुल्ल हुँदैछ। सायद बालेन प्रधानमन्त्री नभइदिएको भए यो कर्तुत यसरी बाहिर आउने थिएन होला।
2026-06-06 18:46:05
2
nawarajkc195
@Nawaraj kc 195🙏👍️💪 :
🌺🌺🌺🌺
2026-06-05 17:42:34
6
nk.koirala2026
Nk koirala :
😂😂😂
2026-06-06 16:47:28
0
To see more videos from user @darkinside027, please go to the Tikwm homepage.

Other Videos


About