@mr.mohan25.14: विदेशी फ्रेन्चाइजी लिगमा Akcel United Brussels डेब्यु गरेका नेपाली युवा अलराउन्डर गुल्शन झाका लागि सुरुवात पक्कै सहज थिएन। यूरो टी-२० (EUT20) लिग अन्तर्गत JB Bruges का लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका गुल्शनले सुरुवाती ७ बलमा मात्र १ रन बनाउन सकेपछि उनीमाथि ठूलो दबाब सिर्जना भएको थियो। इशान पाण्डे तेह्रौँ ओभरको अन्तिम बलमा आउट भएपछि क्रिजमा प्रवेश गरेका गुल्शनले दाउद अहमदजाईको बलमा १ रन लिँदै पहिलो बलमै खाता त खोले, तर त्यसपछिका ६ बल उनका लागि निकै सङ्घर्षपूर्ण रहे। अफ स्पिनर डेल फिलिप्सले फालेको १४औँ ओभर गुल्शनका लागि 'मेडन' रहन गयो, जहाँ उनले लगातार ६ बल डट खेले। सुरुवाती दुई बल डिफेन्स गर्दा बल टर्न भएर मिस भयो भने तेस्रो र अन्तिम बलमा स्विच हिट खेल्ने प्रयास र बीचका बलहरूमा आक्रामक सट प्रहार गर्ने उनको प्रयास असफल हुँदा उनी ७ बलमा १ रनको दबाबपूर्ण स्थितिमा पुगे। तर, १५औँ ओभरमा दाउद अहमदजाईको गुग्ली बललाई मिड-अनमा सिधा गगनचुम्बी छक्का प्रहार गर्दै गुल्शनले राहतको सास फेरे। लगत्तै १६औँ ओभरको दोस्रो र तेस्रो बलमा क्रिस ग्रिभ्सलाई लेग साइडमा लगातार दुई सानदार छक्का प्रहार गरेपछि खेलको नक्सा नै बदलियो। ७ बलमा १ रनको अवस्थाबाट उनले मात्र ११ बलमा २१ रन पुर्याए। त्यसपछि थप २ रन जोडेका गुल्शन सोही ओभरमा ठूलो सट खेल्ने धुनमा लङ-अफमा क्याच आउट हुन पुगे। सुरुवाती दबाबलाई उत्कृष्ट ढङ्गले चिर्दै गुल्शनले १३ बलमा २१ रनको आक्रामक र महत्वपूर्ण पारि खेले, जसको मैदानमा रहेका कमेन्टेटरहरूले समेत खुलेर तारिफ गरे। यस खेलसँगै अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा गुल्शनको डेब्यु यात्रा सम्झनायोग्य बनेको छ। . . . #EUT20League #GulsanJha #JBBruges #DebutMatch #creatorsearchinsights