@benu2643: २०५८-०२-२० , बिहानै ४:०० बजे नै उठेर बजारमा भैसीको दुध बेचेर ७:०० बजेतिर तल गाऊतिर फर्किदैगरेका मानिसहरुले साइकल चलाउदै हरेक चौक , हरेक घर घरमा हल्ला गर्दैथिए कि काठमाण्डौमा राजपरिवारको हत्या भयो भनेर । त्यवेला तारफोन १-२ ठाउमा थिए माथी बजारतिर , मोवाइल फोन त छदै थिएन । विहानैदेखी धार्मिक कार्यक्रम प्रस्तुत हुने रेडियो नेपालमा भजनहरु , धार्मिक प्रवचनहरु मात्रै बजेका थिए । सदा झै ७:०० बजे विहानै समाचार आउनुपर्ने आएको थिएन । सवैजनामा मनमा चिसो र शंका छाएको थियो । हलो जोत्दै गरेका गाउलेहरु सबैले गोरु फुकाए , गोरु नार्नै लागेकाहरुले नारेनन् । सन्नाटा छाएको थियो -के भयो नि भनेर ? केही महिलाहरु विलौना गर्दै रुन थालिसकेका थिए । लोग्नेमानिसहरुको पनि हातखुट्टा लुला , ओठ सुख्खा प्राय देखिन्थे । हजुरबाले विहानको नित्यकर्म पूजापाठ सकेपछि,बेलुका फुकालेर राखेका ३ वटा टाईगर ब्याट्री लगाएर सधैं रेडियो नेपालको समाचार सुन्ने गर्नुहुन्थ्यो। तर, त्यसदिन समाचार आएको थिएन । (त्यसवेला FM च्यानल थिएनन् । झापा बुटाबारीका महॅाजन दिपककुमार गिरीले आफ्नो पुरोहित पुजेको ब्राह्मण भएको हुनाले हजुरबालाई त्यसवेला एउटा जापानिज रेडियो दिएका थिए रे जस्मा AM च्यानलहरु मात्रै बज्थे । हाम्रो घरमा त्यो संचारको साधन चै थियो त्यवेला पनि । TV चै थिएन । मिटर घुमाउदै जॅादा त्यस रेडियोमा , भारतको दुरदर्शन रेडियो , चीनको CRI -चाइना रेडियो ईन्टरनेशनल को नेपाली सेवा जस्ता प्रसारण हरु सुन्न सकिन्थ्यो । ) अनि , च्यानल घुमाउदै जॅादा दुरदर्शन रेडियो टिप्यो । जस्मा समाचार आइरहेको थियो- नेपालमा राजशाहीको कत्ल भयो , राजा श्री ५ बिरेन्द्र, रानी ऐस्वर्या , युवराज दिपेन्द्र लगायत सवैको मृत्यु भयो भनेर । अनि गाऊभरी शोक छायो । सवैजना रुन थाले । जव रेडियो नेपालमा एउटा शोकधुन बज्न थाल्यो , शोकाकुल नहुने प्राय कोही थिएनन् । पछि फेरी नाटकिय रुपमा समाचारहरु यसरी परिवर्तन भए कि , दिपेन्द्र जिउदै , दिपेन्द्रलाई राजा घोषणा , दिपेन्द्र पनि जिवित रहेनन् ..के-के हो के-के ? हो यहि छ रहस्य , षडयन्त्र सबैचिज जुन आजसम्म पनि रहस्यमय ईतिहास नै छ । त्यसवेला एक वाल मस्तिस्कले यी सबै परिदृश्यहरु नियालेर सोच्दा किन हो कुन्नि दिपेन्द्रले राजपरिवार को हत्या गरेको भन्ने पटक्कै पत्याएन र कहिल्यै पनि पत्याउने छैन । पूर्व प्रम के पी ओली ले अरु जे-जती कुरा गरेपनि , जतीनै हावादारी गफ दिएपनि , यो कुरा चाहिॅ मलाइ त्यसवेला मनमनै सोचमा आएको कुरासंग साह्रै मिल्दो-जुल्दो कुरा रहेछ । शेयर नगरी मन मानेन ।#kingbirendra @Balen Shah @Tikaram Yatri #sudangurung #durbarhatyakanda
benu
Region: QA
Tuesday 09 June 2026 20:30:56 GMT
Music
Download
Comments
राम बाबू दास :
2026-06-10 12:14:03
2
positivespeedrent :
100000000🥰🥰🥰♥️♥️♥️♥️🥰🥰
2026-06-10 09:51:10
3
SAROJ🫣 :
Gula touching background music😂
2026-06-10 12:28:09
3
Parbati Sharma❤️❤️ :
2026-06-10 13:12:05
0
sukbirnambang :
यो चै, 1000000000000000%, सहि कुरा भनु भो बाले,...............….......😘😘😘😘😘😘😘😘👍👍👍👍👍👍👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-06-10 06:39:58
14
💞Kanxa@🇳🇵🇦🇪💞 LEO🌹 :
right
2026-06-10 10:46:58
3
✅️🫂💯🫀🎵🎵🇳🇵🇳🇵 :
bale yo kura sunayer man nai jityo hau 🥰🥰🥰
2026-06-10 11:58:53
0
subashRijal10 :
this man in investigation
2026-06-10 04:10:33
4
Suraj Shrestha1978 :
thik vanyo aaja olile..aba xanbin hudaixa koko parxa.
2026-06-09 23:19:27
3
Ajay pandey :
right 🙏🙏🙏🙏
2026-06-10 07:46:32
4
Ram Chandra Adhikari :
Rip. Kp
2026-06-10 07:32:25
2
Santosh Yadav :
Best answer❤️❤️❤️
2026-06-10 10:26:58
2
Kanxo :
Yo chai 💯 right vaneka xan
2026-06-10 08:50:30
1
Bima Giri :
right 💯
2026-06-10 10:53:09
0
Sarani .. :
je bolnu hunxa satye bolnu hunxa 🙏
2026-06-10 13:26:06
0
Ak bhetwal :
Right 🙏🙏after
2026-06-10 13:13:17
0
anmolbc591 :
100%
2026-06-10 10:18:43
0
MNSS :
Yakdam sahi 👍👍🙏
2026-06-10 12:39:14
0
Tanka Dhakal :
बुढो ले यतिकुरा चाहिँ सहि बोल्नु भयो
2026-06-10 13:16:54
0
Rajan Bista :
right
2026-06-10 12:53:56
0
Fucchii (茶谷) :
La kp ba le ek kura t ramro boleko sune hoi Maile
2026-06-10 13:17:12
0
Kamal Basyal :
yo chai sai Kura
2026-06-10 11:36:12
0
karan oli :
100%
2026-06-10 10:54:20
0
Santosh Poudel :
Hamro bhagwan rupi Raj khandan sakhap Banaunu vako xa.... hajur harule
2026-06-10 07:15:01
1
To see more videos from user @benu2643, please go to the Tikwm
homepage.