@aonemedia3: पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कीर्तिपुरस्थित हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (HICAST) का एक शिक्षकले विद्यार्थीलाई कक्षाकोठामै धम्की दिएको भिडियो सार्वजनिक भएको छ। देवा बोगटी नामको फेसबुक अकाउन्टबाट सार्वजनिक भएको उक्त भिडियोमा कलेजको भेटेरिनरी संकायका उपप्राध्यापक डा. सुनिल सापकोटाले विद्यार्थीहरूमाथि आक्रोश पोख्दै “सिंगल सिंगल भिड्ने” सम्मको चुनौती दिएको देखिन्छ। भिडियो भाइरल भएसँगै घटनाको चौतर्फी आलोचना र छानबिनको माग भएको छ। फेसबुकमा प्रसारित ३८ सेकेन्डको भिडियोमा डा. सापकोटा अत्यन्तै आक्रोशित मुद्रामा विद्यार्थीहरूका सामुन्ने उभिएर आफ्नो पद र अनुभवको घमण्ड गर्दै धम्कीपूर्ण भाषामा प्रस्तुत भएको देखिन्छ। उनले आफ्नो नेपाल भेटेरिनरी काउन्सिलको दर्ता नम्बर उल्लेख गर्दै विद्यार्थीको भविष्य र दर्ता (लाइसेन्स) नै ओझेलमा पारिदिने आशयको अभिव्यक्ति दिएका छन्। सार्वजनिक भिडियोमा शिक्षक डा. सापकोटाले भनेका छन्, “म १५ वर्ष भयो, १५ वर्ष भयो डाक्टर भएको। ६३२ नम्बर हो मेरो, काउन्सिलको नम्बर। तिम्रो भाइ, ३ हजारभन्दा पछाडि जान्छ, त्यो पनि भेट्दैनौ। त्यही हो टिचरसँग बोल्ने तरिका?” संवादका क्रममा एक विद्यार्थीले आफ्नो गल्ती नभएको स्पष्टीकरण दिँदै अत्यन्तै निरीह रूपमा “सरी सर, मैले त केही भनैकै छैन” भनेको सुनिन्छ। तर, विद्यार्थीको उक्त अनुनयपछि शिक्षक झन् आक्रामक बन्दै शारीरिक रूपमै जाइलाग्ने शैलीमा प्रस्तुत हुन्छन्। शिक्षक सापकोटाले अगाडि थपेका छन्, “भिड्ने हो? सब जना बोलाएर लिएर आइज, जा! जहाँ भन्छौ, त्यहीँ आउँछु। सिंगल, ज्यान सानो छ भनेर हेपेको?” फेसबुकमा भिडियो सार्वजनिक भएलगत्तै शैक्षिक संस्थाभित्र ज्ञान र अनुशासन सिकाउनुपर्ने जिम्मेवारीमा रहेका शिक्षकले विद्यार्थीको ज्यान र भविष्यलाई लिएर यसरी धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तीव्र आक्रोश पैदा भएको छ। विद्यार्थीहरूले कलेज प्रशासनभित्रै आफूहरू असुरक्षित महसुस गरेको बताएका छन् भने अभिभावक तथा शिक्षाविद्हरूले यो व्यवहार शिक्षकको आचारसंहिता विपरीत र दण्डनीय भएको उल्लेख गरेका छन्। विद्यार्थीको मनोबल गिराउने र मानसिक रूपमा त्रसित बनाउने यस्ता गतिविधिमाथि कलेज प्रशासन र विश्वविद्यालयले तत्काल निष्पक्ष छानबिन गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालाहरूले गरिरहेका छन्। कलेज प्रशासनको तर्फबाट भेट टाइम्सको सम्पर्कमा आएका डा. कृष्णबहादुर श्रेष्ठले आरोपित शिक्षक सापकोटाको सबै कक्षा बन्द गरिदिएको बताए। उनले भने, “अहिलेलाई हामीले उहाँका सबै कक्षा बन्द गरेका छौँ र थप कारबाहीसहित निष्कासनको प्रक्रियाका लागि उहाँलाई ‘स्पष्टीकरण’ को स्वरूप ‘किन कारबाही नगर्ने?’ भन्नेमा छौँ। आन्तरिक छानबिन सुरु भएको छ।” यस सम्बन्धमा भिडियोमा देखिएका आरोपित शिक्षक डा. सुनिल सापकोटाको आधिकारिक धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

Aone Media
Aone Media
Open In TikTok:
Region: NP
Thursday 11 June 2026 15:18:13 GMT
212123
4023
43
578

Music

Download

Comments

osho.talks
Osho Talks :
Class Control Technique of Many Teachers ☺️
2026-07-10 11:15:12
22
brozz696
तमुम्हीथेबा :
Launa single single videko video kahile aunxa😂
2026-07-10 04:39:08
2
maheshadk257
Mahesh257 :
What the hell
2026-07-10 12:51:11
5
ewan.nepal1
🇳🇵Ewan✍️🇳🇵 Nepal :
yo mugi kun randiko ban ho
2026-06-12 01:36:15
75
new.boi8
New Boi :
Teacher lai respect gar
2026-06-23 14:41:16
19
.........ggggggggfraud
bye bye :
2026-07-11 06:06:59
0
khagedraaaa
khagedra bhardhoj :
राम्रै डाक्टर भए को रैछ।
2026-07-10 11:29:15
2
rajanregmi01
RajanR :
respect garena hola Ani
2026-07-07 15:53:20
6
march_269
🤷‍♂️ :
Sunil sapkota haina yo?
2026-07-11 01:05:43
0
staycold666
BISHAL T. MAGAR :
dipression
2026-07-08 15:46:01
1
nopboy50
sweetboy :
teaching new style 😁
2026-06-13 13:27:24
5
udashsubbha
Udash subba :
के भो यार यता
2026-07-10 07:46:14
0
lakpa.tshering.25
Lakpa tshering 25 :
Ma pa se
2026-06-12 17:02:29
6
divineshrestha
piecesofme :
jhyap cha ki k ho
2026-06-22 04:54:28
4
ya..kuza
Ya. Kuza.... :
Koi pani teacher without any reason yetikai tw karaudainan hola ne k k ho kura ani arko kura sabai teacher lai respect garu
2026-07-10 16:01:46
1
wowowo9112
saraaàa :
gottaya
2026-07-11 11:06:00
0
bishnukhadka8670
It's me bishnu :
Kyn khata ho yo fare
2026-07-10 12:37:26
0
sakash.nayak
Sakash Nayak :
शङ्कास्पद लाग्यो यस्तो पनि कक्षा कोठा ?
2026-07-11 01:16:15
0
premkc46
Prem KC :
Only teachers can truly relate to this experience; people outside the teaching profession often see it as something surprising or unusual.
2026-07-11 13:12:31
0
npnpnp1212
Napoleon Dynamite :
Recording the video means the students anticipated this. Be respectful to the teachers and expect the same.
2026-07-11 02:53:45
0
lalitraj.thapa
lalitraj thapa :
teacjer ho ki don ho yo?
2026-07-11 05:00:22
0
upacit99
घाइते बाघ :
जे पायो त्यही भनेको छ
2026-07-10 03:36:46
0
To see more videos from user @aonemedia3, please go to the Tikwm homepage.

Other Videos


About