@orgnvinboutique: Women's Summer Ice Silk Pullover, Asymmetrical Shoulder Design, Digital Print Pattern, Lightweight & Comfortable, Perfect for Daily Wear #tiktokshopsummerturnup #tanktops #summertanktops #cincodemayooutfit #womensloungeset #plusssizeootd #womenstshirt #summersetloungewear #ribbedtanktop #graphicsweatshirts

Orgnvin
Orgnvin
Open In TikTok:
Region: US
Saturday 13 June 2026 02:43:59 GMT
2
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @orgnvinboutique, please go to the Tikwm homepage.

Other Videos

-पृथ्वी करोडौँ वर्षदेखि घुमिरहेको छ। कसले स्विच अन गरेर छोडेको हो? -मानिसको मुटु जन्मेदेखि मृत्युसम्म बिना रोकावट धड्किरहन्छ, यसको पहिलो धड्कन कसले सुरु गर्‍यो?   -यदि पृथ्वी सूर्यबाट १% मात्र यता वा उता हुन्थ्यो भने कि त जमिन डढेर खरानी हुन्थ्यो या बरफ भएर जम्थ्यो , सूर्य पृथ्वीबाट ठीक जीवन सम्भव हुने यति दूरीमै कस्ले राख्यो होला ?  - मानिसले बनाएको कुनै पनि मेसिन केही वर्षमा बिग्रिन्छ। तर मानव शरीर दशकौ सम्म आफै मर्मत गर्दै कसरी चलिरहन्छ? -सूर्य हरेक दिन समयमै उदाउँछ। कहिल्यै Late नहुने यो व्यवस्था कसले मिलाएको होला ? -संसारमा अरबौँ मानिस छन्, तर कुनै दुई जनाको औँठाछाप उस्तै छैन। किन? - एउटा सानो बीउले आफू आँप बन्ने कि बर बन्ने कसरी थाहा पाउँछ? त्यो सानो बीउभित्र विशाल रूख बन्न सक्ने क्षमता कस्ले  राख्यो होला ? -पेटभित्र बच्चा बन्दै गर्दा उसलाई हात, खुट्टा, आँखा कहाँ राख्ने भनेर कसले सिकायो होला? -हामि निदाउँदा मुटु कसले चलाइरहेको हुन्छ? दिमागले भन्नु होला उसो भय दिमागलाई त्यो शक्ति कस्ले दियो ? र मृत्यु हुदा दिमाग र मुटु त हुन्छ तर चल्ने शक्ति कस्ले खोस्यो त ?  -पृथ्वीमा करोडौँ प्रजातिका जीव छन्। तर मानिसले एउटा जीवित लामखुट्टे पनि zero बाट बनाउन सकेको छैन। किन?  -जन्मिनुअघि हामी कहाँ थियौँ? -मरेपछि हामी कहाँ जान्छौँ -समुद्रको पानी नुनिलो छ। बादलले त्यही पानी उठाउँछ। वर्षा हुँदा पानी मीठो कसरी बन्छ? -  शरीरका सबै कोष केही वर्षमा बदलिन्छन्, तर “म” भनेको अनुभूति किन उही रहन्छ? -एउटा सानो बीउबाट सयौँ किलो फल फल्छ। त्यो सबै कहाँ लुकेको थियो र फलाउने शक्ति के हो ?  -यदि मानिस प्रकृतिको मालिक हो भने,  भूकम्प वा आँधी  किन रोक्न सक्दैन ? -    यदि सबै कुरा संयोग हो भने, संयोग यति बुद्धिमानी कसरी भयो? -मोबाइल आफै बनेको हो भनेर कसैले पत्याउँदैन। तर DNA जस्तो अकल्पनीय जटिल code आफैं बन्यो भनेर किन सजिलै पत्याइन्छ?  -संसारमा हरेक किताबको लेखक हुन्छ, हरेक चित्रको चित्रकार हुन्छ। अनि यो ब्रह्माण्डजस्तो अद्भुत सिर्जनाको सृष्टिकर्ता कोही छैन भनेर कसरी यकिन गर्ने?  -सबै कुरा प्रकृतिले बनाएको हो भने प्रकृतिलाई चाहि कसले बनायो?      हावालाई देखिँदैन, तर अनुभव गर्न सकिन्छ। विज्ञानले कसरी भन्ने प्रश्नको उत्तर दिन सक्छ, तर किन भन्ने प्रश्नको उत्तर अझै खोजिरहेको छ। science कै student हुँ , सायद भगवानलाई science को Lab मा  देखाउन सकिँदैन, नदेखिनुलाई उहाँ हुनुहुन्न भन्ने प्रमाण मान्न सकिन्छ त ? हावालाई देखिँदैन, तर अनुभव गर्न सकिन्छ। प्रेमलाई छुन सकिँदैन, तर महसुस गर्न सकिन्छ। विज्ञानले पनि हरेक कुरा बुझ्नका लागि आफ्ना-आफ्ना साधन प्रयोग गर्छ। टाढाका ग्रहहरू देखिदैनन्, तर टेलिस्कोप चाहिन्छ। जीवाणु देखिदैन, तर माइक्रोस्कोप चाहिन्छ। त्यसैगरी, भगवानलाई महसुस गर्न पनि एउटा साधन चाहिन्छ। त्यो साधन हो शुद्ध हृदय , ध्यान,प्रार्थना,सत्कर्म, नाप जप ।  माइक्रोस्कोप बिना जीवाणु देखिदैन भनेर जीवाणु छैन भन्न मिल्दैन भने, आध्यात्मिक अभ्यास बिना भगवान महसुस भएन भनेर भगवान छैन भन्न पनि हतार हुन सक्छ।  अन्तत :  यदि भगवान हुनुहुन्न भने, भगवान छैनन् भन्ने कुरामा यति धेरै मानिस किन बहस गरिरहेका छन्?  उत्तर दिन हतार नगर्नुस् , कतिपय प्रश्नहरू जीवनभर सोच्नका लागि हुन्छन् 😉  ✍️ Dipa Simkhada  #wordsbydipa #dipasimkhada

About