@chandrakalamagar12: भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयले ल*खेटे पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सशस्त्र सीमा बल (एसएसबी) का ६ जना सुरक्षाकर्मीलाई स्थानीयले ल*खेटेका छन्। उखुबारीमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले विरोध जनाउँदा केहीबेर त'नाव सिर्जना भएको थियो। यस विषयमा नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले भारतीयतर्फको कल्भर्ट भत्किएका कारण उनीहरूले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गरेको बताएका छन्। स्थानीय प्रशासनले भारतीय सुरक्षाकर्मीलाई अबदेखि आफ्नै भूमिभित्रको बाटो मर्मत गरी प्रयोग गर्न स्पष्ट निर्देशन दिएको छ। केही दिनअघि सुस्तामै तटबन्ध निर्माणमा भएको अवरोध र आजको यो घटना फरक स्थानमा भएकाले स्थानीय प्रशासनले अहिले दुवै घटनाको आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ। #SmartNews #Susta #NepalIndiaBorder #Nepal #India