@thaqureeoffcal: कैलालीको गोदावरीमा एउटा मजदुर किसानले आफ्नो पसिना बगाएर टेम्पोमार्फत गर्दै आएको व्यवसायलाई "अवैधानिक" भन्दै भीडबाट टेम्पो तल खसाल्ने कार्य अत्यन्तै निन्दनीय, अमानवीय र घृणित छ। गरिबको रोजीरोटीमाथि प्रहार गरेर कसैले पनि आफ्नो शक्ति प्रदर्शन गर्न खोज्नु सभ्य समाजको चिन्ह होइन। यदि कुनै कानुनी समस्या थियो भने त्यसको समाधान कानुनी प्रक्रियाबाट हुनुपर्थ्यो, बलजफ्ती र दादागिरीबाट होइन। एक मजदुरको मेहनत, सपना र परिवारको जीविकामाथि खेलवाड गर्ने जोसुकै व्यक्ति वा समूह भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिनुपर्छ। अन्यायको विरुद्ध आवाज उठाऔं र श्रमिकको सम्मान गरौं।#sudurpachimelicheli❤️😇