@purnabhujel490: बालेन सरकारको काम : भीरबाट ट्याम्पो लडाएपछि बन्यो सारै बदनाम डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारले वर्षौंको पसिनाले जोडेको टेम्पो भिरबाट फालिदिएका छन्। सामान झारेर लैजान्छु भन्दै हात जोडेर बिन्ती गर्दा पनि नसुनी टेम्पोलाई जबरजस्ती धकेलेर भिरबाट खसालिएको हो। उनको परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको उक्त टेम्पो भिरबाट खसालिएपछि अहिले उक्त परिवार न्यायको खोजीमा छ्न । बालेन सरकारको पालामा भएको यो आतंकपूर्ण कार्यको जति निन्दा गरे पनि कम हुने भन्दै समाजका सवै क्षेत्रका अगुवाले बिरोध गरेका छन ।