@sanyukta.mutu: हरिनगर गाउँपालिका वडा नं. ४ निवासी रघुनाथ मेहताको परिवारमाथि यतिबेला ठुलो विपत्ति आइलागेको छ। उहाँकी धर्मपत्नी विगत लामो समयदेखि क्रुर क्यान्सर रोगसँग लडिरहनुभएको छ। श्रीमतीको उपचार खर्च र रोगको चिन्ताले पिरोलिरहेकै बेला, हालै मात्र उहाँका छोराको पनि असामयिक निधन भएको अत्यन्तै हृदयविदारक खबरले हामीलाई स्तब्ध बनाएको छ। एकातिर क्यान्सर पीडित श्रीमतीको उपचार, अर्कोतिर छोरा गुमाउनुको असह्य पीडा, र हाल कुनै पनि आम्दानीको स्रोत नहुँदा यो परिवार पूर्ण रूपमा बिचल्ली र ठुलो आर्थिक एवं मानसिक संकटमा परेको छ। यस्तो गाह्रो परिस्थितिमा संयुक्त मुटु टिम (Sanyukta Mutu Team) ले उक्त पीडित परिवारलाई केही राहत र सहारा मिलोस् भन्ने उद्देश्यले खाद्य सामग्रीको प्याकेज (Food Package) सहयोग स्वरूप प्रदान गरेको छ। हाम्रो यो सानो प्रयासले उहाँहरूको विशाल पीडा कम त नहोला, तर यो संकटको समयमा थोरै भए पनि मलम लगाउने कोसिस गरेका छौँ। दिवंगत छोराको आत्माको चिरशान्तिको कामना गर्दै, क्यान्सर विरुद्ध लडिरहनुभएकी उहाँकी धर्मपत्नीको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ। 🙏 #SanyuktaMutuTeam #HumanityFirst #SocialService #Harinagar #StayStrong