Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@chaecha023: #sandalkekinian #rekomendasisandal #sandalwanita
Cha fashionshop
Open In TikTok:
Region: ID
Thursday 18 June 2026 03:18:32 GMT
7763
19
0
2
Music
Download
No Watermark .mp4 (
0.67MB
)
No Watermark(HD) .mp4 (
0.46MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @chaecha023, please go to the Tikwm homepage.
Other Videos
Điểm nhấn nhỏ với chất liệu cao cấp #manhtuyen #pickleball
@꧁࿇ Eman ki hu yar࿇꧂
๋࣭ ࣪ ˖🎐 #aespa #KARINA #NINGNING #KISSNTELL #aespaKISSNTELL
خوش اخ التحك#غاني_مسرعه💥 #ميوزك #عباراتكم_الفخمه📿📌 #اكسبلور #fyp
#capcut #foryoupage #tiktok
Rajesh Mishra wrote from America - फागुन २०, २०८२ who is rabi lamichane ? सन् २००२ मा अमेरिकाको ‘भिजिट भीसा’ लिएर अमेरिका उड्नुअघि रास्वपाका स्वनामधन्य सभापतिको कुनै राजनीतिक परिचय थिएन । अभिनेत्री करिश्मा मानन्धरकी पति बिनोद मानन्धरको लाजिम्पाटस्थित एक श्रव्यदृश्य उत्पादन कम्पनी थियो, जहाँ उनी फिल्मी गसिपका कार्यक्रम बनाउँथे । नेपाल टेलिभिजनले केही रकम दिएर ती कार्यक्रम प्रसारण गथ्र्यो । त्यो बेला माओवादीको नाममा चलेको सशस्त्र द्वन्द चरममा थियो । अमेरिका पुगेका हजारौं नेपाली नागरिकले नक्कली कागज खडा गरेर आफूलाई द्वन्द्व पीडित सावित गर्दै स्थायी आवास अनुमति लिने चलन ब्यापक थियो । राजावादी पञ्चायती परिवारमा जन्मिएका उनले पनि त्यो प्रयत्न गर्नु स्वाभाविक भयो । तर नेपालमा लोकगायकका रुपमा ख्याती कमाएका तनहुँका प्रेमराजा महत रास्वपाका हालका सभापतिको उद्धारक भएर आए । त्यतिञ्जेल उनी भिजिट भीसालाई बिद्यार्थी भीसामा परिणत गर्ने कि माओवादी पीडितका नाममा सिधै ‘ग्रीन कार्ड’ को आवेदन दिने भन्नेमा अनिर्णित थिए । प्रेमराजा महत केही समयदेखि मेरिल्याण्ड राज्यमा नेपाली समुदायको ‘डन’का रुपमा स्थापित भैसकेका थिए । नेपालबाट आउने राजनीतिक दलका नेताहरुलाई सत्कार गर्दागर्दै महतले ‘मानार्थ वाणिज्यदूत’को उपाधि हासिल गरिसकेका थिए । रास्वपा सभापतिलाई सल्लाह दिए, ‘तिमी मिडियाको मान्छे, ‘एक्स्ट्रा अर्डिनरी (ईबी १ ) क्याटेगोरी’मा आवेदन देऊ ।’ आवश्यक कागजपत्र महतले नै मिलाइदिए । पाँच वर्षपछि सन् २००८ मा ‘ग्रीन कार्ड’ आयो । यसबीच उनले कहिले टेक्सासको ‘रमाइलो रेष्टुरेण्ट’ मा कमेडी शो सञ्चालन गरे, कहिले मेरिल्याण्डका ‘सब वे’ नामक स्याण्डविच पसलमा काम गरे । मेरिल्याण्डको ‘सब वे’ व्यापारमा भारतीय मूलका गुजरातीहरुको प्रभुत्व छ । चतुर सभापतिले म्यानेजरको पद पाए । पाँचवटा पसलको व्यवस्थापन हेर्न थाले । नेपालबाट आएका ‘माओवादी पीडित’ शरणार्थीहरुलाई केही कमिशन लिएर काम मिलाइदिए । एक मुस्लिम महिलासँग प्रेममा परे । एक सन्तानको बाबु बने । नेपाली श्रीमती र दुई छोरीसमेत अमेरिका पुगिसकेका थिए । उनले घर किने । तर नेपालबाट भिजिट भीसामा गएर ‘सब वे’ मा गैरकानूनी रुपले कार्यरत एक अभिनेत्रीसँग लसपस शुरु भयो । पारिवारिक किचलोले समस्याको रूप लियो । सन् २०१४ मा अमेरिकी नागरिकता लिए । त्यसपछि बैंकहरुबाट धमाधम ऋण लिनथाले । त्यो रकमको सकारात्मक वा उत्पादनमूलक लगानी गर्नुको साटो उनी त्यसलाई आफ्नो पारिवारिक दायित्व निर्वाह गर्ने मात्र होइन, बिवाहेत्तर सम्बन्धबाट जन्मिएको सन्तान र उसको आमाको भरण पोषणमा खर्चिन थाले । यता ‘एक्स्ट्रा अर्डिनरी क्याटेगोरी’ बाट नागरिकता लिएका थिए, उता ‘एक्स्ट्रा म्यारिटल अफेयर’को भार थपिएको थियो । काममा बैंकको ऋण तिर्ने ताकेता र मुद्दा हाल्ने चेतावनी, घरमा श्रीमतीको किचकिच । मानसिक शान्तिको खोजीमा छट्पटाएका उनी अमेरिकाबाट भागेर रातारात नेपाल आए । अमेरिकी नागरिकले नेपालमा प्रवेशाज्ञा शुल्कलगायत अन्य कानूनी औपचारिकता निर्वाह गर्नुपर्छ । तर नेपाली नातेदारलाई अघि सार्दा यसबाट उन्मुक्ति पाइने प्रावधान पनि छ । उनले यसका निम्ति दाजुको सहयोग लिए । गौतम बुद्द नेपालमा जन्मिएका हुन् भन्ने एक पौराणिक र स्थापित मान्यतालाई आधार बनाएर लामो अन्तर्वार्ता लिएको कीर्तिमान बनाए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीको निगाहमा मुलुकको सरकारी टेलिभिजनमा बिना श्रम अनुमति ‘सिधा कुरा प्रधानमन्त्रीसंग’ चलाए । केपी ओलीले कार्यक्रम सञ्चालकको कानुनी हैसियतबारे बुझबुझारथ गर्न आवश्यकता ठानेनन् । कालान्तरमा नेपाल टेलिभिजनले यो कार्यक्रम उनको हातबाट खोसिदियो । अनि देखियो नीलो स्यालको नयाँ अवतार ! नेपाली श्रम कानूनका बारेमा उनलाई ‘थाहै थिएन !’ एउटै व्यक्तिले दुई मुलुकका फरक राहदानी प्रयोग गरेर विदेश यात्रा गर्नु फौजदारी कसूर हो भन्ने पनि उनलाई ‘थाहै थिएन!’ एक बिदेशी नागरिकले टेलिभिजन कार्यक्रम उत्पादन गर्नुअघि नेपाली कानुनअनुसार सूचना विभागको अनुमति लिनुपर्छ भन्ने पनि उनलाई ‘थाहै भएन!’ प्रेस काउन्सिलले यसबारेमा ‘थाहा’ दिएपछि उनको प्रतिकृया थियो, ‘म पत्रकार होइन । बरु जुत्तामा पालिस लगाउँछु, अनुमति लिन्न !’ 00000 रास्वपाको उदयले भूराजनीतिक सन्तुलन खल्बलिने पक्का छ । मेरो पुस्ताले नेताहरुलाई औंला ठड्याउन पाएको छ । अबको पुस्ता साइरनको चित्कार सुनेर बंकरमा लुक्न अभिषप्त नहोस् । रास्वपाको काँधमा चढेर यो अवस्था आउने सम्भावना छ । मेरो काम बिना डर र लोक लाज बोल्ने हो । भीडले नदेखेको कुरा देखाउने हो । आँखा खोल्ने काम भीडको हो ।
About
Robot
API
Legal
Privacy Policy