@atit_551: प्रिय मन....✍️🌿 तिमीले रोजेको बाटो नै तिम्रो खुसीको गन्तव्य होस्। सायद मैले दिन नसकेको माया र भरोसा तिमीले कतै अरू ठाउँमा भेटेकी छौ। यदि साँच्चै त्यसो हो भने, त्यसका लागि म दुखी होइन, बरु खुसी छु। किनकि मैले तिमीलाई सधैं खुसी देख्न चाहेको थिएँ, चाहे त्यो खुसीमा मेरो नाम होस् या नहोस्। हाम्रो सम्बन्धको सुरुवात कति सुन्दर थियो, त्यो आज पनि सम्झंदा मन मुस्कुराउँछ। तिमीसँग बिताएका ती पलहरू, गरेका कुराहरू, सँगै देखेका सपनाहरू, आज पनि मेरा स्मृतिमा ताजै छन्। तर समयले हामीलाई त्यस्तो मोडमा ल्याएर छोड्यो जहाँबाट हाम्रो बाटो एउटै रहेन। तिमी आफ्नो बाटो लाग्यौ, म तिमिले देखाएको बाटोमा अल्झिएँ। सायद तिमीले सोच्यौ होला म तिम्रो लागि लाएक थिइनँ। परिस्थितिले तिमीलाई मबाट टाढा हुन बाध्य बनायो। कारण जे भए पनि, आज म कुनै प्रश्न सोध्न चाहन्नँ। किनकि उत्तर खोज्दा पनि तिमी फर्केर आउदैनौ , र न त बितेका दिनहरू फर्केर आउँछन्। तिमीले मसँग छुट्ने निर्णय गर्यो, त्यो निर्णय तिम्रो लागि सही थियो होला। त्यसैले म त्यसको सम्मान गर्छु। प्रेम भनेको कसैलाई बाँधेर राख्नु होइन रहेछ, उसको चाहना र निर्णयलाई सहजै स्वीकार गर्न सक्नु पनि प्रेम नै रहेछ। त्यसैले आज म तिमीलाई दोष दिन्नँ,र गुनासो पनि गर्दिनँ,....... तिमीले अब चाल्ने हरेक पाइला सफल बनून् । तिमीले देखेका हरेक सपना पूरा होऊन्। तिम्रो जीवनमा आउने हरेक बिहान खुसी लिएर आओस् र हरेक रात सन्तुष्टिको निद्रा लिएर जाओस्। तिमीले अब कहिल्यै त्यो पीडा भोग्न नपरोस्! जुन मैले भोग्दै छु ....😢 मलाई थाहा छ, समयसँगै मानिसहरू बदलिन्छन्। सम्बन्धहरू बदलिन्छन्। प्राथमिकताहरू बदलिन्छन्। तर केही सम्झनाहरू कहिल्यै बदलिँदैनन्। तिमी मेरो जीवनको त्यही सुन्दर सम्झना बनेर सधैं रहनेछौ, जसलाई म भुल्न चाहेर पनि भुल्न सक्दिनँ। माया सधैं पाउनुमा मात्र सीमित हुँदैन रहेछ। कहिलेकाहीँ आफूले सबैभन्दा धेरै माया गरेको मान्छेलाई उसको खुसीका लागि छोडिदिनु पनि प्रेमको सबैभन्दा ठूलो परीक्षा रहेछ। मैले त्यो परीक्षा हारें कि जितें, थाहा छैन। तर यति अवश्य थाहा छ कि मैले तिमीलाई साँचो मनले माया गरेको थिएँ। यदि कुनै दिन तिमीलाई मेरो याद आयो भने, मलाई त्यो मान्छेको रूपमा सम्झिनु जसले तिम्रो खुसीका लागि आफ्ना धेरै चाहनाहरू त्यागेको थियो। जसले तिमीलाई गुमाउँदा पनि तिम्रो खुसीको कामना गर्न छोडेन। जसले बिछोडपछि पनि तिम्रो नामसँग कुनै घृणा जोडेन। आज तिमी जहाँ छौ, जसको साथमा छौ, जसरी छौ, खुसी रहनु। किनकि अन्ततः मैले चाहेको कुरा नै तिम्रो खुसी हो। त्यो खुसी मेरो साथमा भेटियोस् वा मबाहेक कसैको साथमा, त्यसले अब कुनै फरक पार्दैन। तिम्रो नयाँ जीवन, नयाँ सम्बन्ध, नया सपना र नयाँ यात्राको लागि शुभकामना! तिमी सधैं मुस्कुराइरहनु, किनकि तिम्रो मुस्कान नै मेरो जीवनको सबैभन्दा सुन्दर दृश्य थियो र बाचुनजेल रहनेछ....! र अन्तिममा यत्ति मात्र.....✍️😢 "मेरो जिबन त अधुरो रहयो , तर तिम्रो जीवन कहिल्यै अधुरो नहोस्। म त याद बनेर बाँचुला, तिमी चाहिँ खुसी बनेर बाँचिरहनु।" अतीत..✍️🌿@शब्द...🌿 @साया💫❤️
अतीत..✍️🌿
Region: AE
Friday 19 June 2026 13:25:35 GMT
Music
Download
Comments
PU$PA♥️ :
र अन्त्यमा तिम्रो घमण्ड ले जित्यो राजा मेराे ईमान्दारिताले हार्याे🌹
2026-07-10 07:05:56
2
Gamwa🫶💚 :
parda pardai akha bata kati kher aasu jharyo patai payna 🥺🥹🥹💔🙏
2026-06-30 07:35:49
1
tulasha Adhikari 😘 :
Be strong sir❤️❤️❤️
2026-06-19 13:28:04
1
Rekha Aslami Magar :
wow heart touching words ❤️
2026-06-20 14:04:58
1
⚒️🦋अछामी 🇳🇵🧚🏻 डल्ली 🕊️🦋 :
hearts touching 🥹 hajur
2026-06-20 17:53:30
1
मोनालिसा💖 :
बिछोड ले मान्छेबाट एउटा खुसी मात्र खोस्दैन
उस्ले एउटा बानी,एउटा संसार र हजारौं सपना पनि खोसिदिन्छ्💔🥀
2026-06-26 23:30:11
2
मन परेको फुल खसेको💔🥀 :
kasam😭😭
2026-07-04 03:44:21
1
@Chamling :
कसम मेरो जिन्दगी मा मेल खायो😭😭😭😭😭
2026-06-27 19:31:00
1
Sangita Raee566 :
be strong 🥰🥰
2026-06-21 06:17:07
0
Samiir🇳🇵 :
छोड्न खोज्दा झन् धेरै याद आउने, बिर्सन खोज्दा झन् धेरै माया लाग्ने सम्बन्ध नै सायद सबैभन्दा गहिरो सम्बन्ध हो।"🥺🥺🥺🥺🥺🥺🥺❤️
2026-07-07 00:16:49
0
Saru🫶🫀❤️🩹 :
be strong hjr 🙏🙏
2026-06-19 19:20:48
1
Ashu12grg :
hus
2026-06-20 20:45:21
0
🔐💍SaमिRaथाpa💍🔐 :
2026-06-19 15:20:00
1
सुन्दर भविष्यका अधुरा सपनाहरु :
wow 😲 sweet 👌👌💐💐🙏🙏
2026-06-19 14:04:53
1
"याद_को_डायरी" :
मेरो जीवन अधुरो रहे पनि,
तिमी सधै खुसी भएर बाँचिरहनु।
म त यादमै हराइरहुला,
तिमी सधै मुस्कानमै रमाइरहनु 😌😌
2026-06-23 15:57:47
4
साया💫❤️ :
प्रीय:सायद आज पहिलो पटक मनले स्वीकार गरेको छ, केही सम्बन्धहरु जीवनभर निभाउनका लागि होइनन्,केही सम्बन्धहरु हामीलाई माया सिकाएर,रुवाएर, भित्रभित्रै मारेपछि अधुरै छोडेर जानका लागि आएका हुन्छन्..!!😢💔🥀
2026-06-19 13:44:27
2
priya❣️❣️❣️ :
♥️♥️♥️
2026-06-19 15:28:25
2
❣️माया❣️ :
🥰
2026-06-19 14:23:21
1
🥷RANA भाई 💔❤️🔥 :
🥺😥🙏
2026-06-19 14:00:50
1
J💫 :
😔❤️💖🌸🥀
2026-06-19 14:04:36
1
🅰︎🆃︎🅸︎🅽︎🆄︎🆂︎🦋🌿🍁 :
❤️❤️
2026-06-19 13:32:35
1
QUMAL EDIT😥💔 :
🥰🥰🥰
2026-07-06 23:44:49
1
contain465 :
😍😍😍
2026-06-19 13:31:04
1
AN NU :
😭😭😭
2026-06-20 12:18:52
1
R t n sunuwar :
😢😢😢
2026-07-06 15:57:31
0
To see more videos from user @atit_551, please go to the Tikwm
homepage.