@kamalregmi11: बिबाह पछि छोरी पहिलोपटक माइत आएकी थिइन, छोरिको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरिलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो । जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरिलाइ एउटा अगरबत्तीको पाकेट दिनुभयो ।आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्!! तब हत्तपत्त बुबाले गोजीमा हात हाले र गोजिमा भएको सबै पैसा छोरिको हातमा थमाइदिए । घरमा पुग्ने बित्तिकै सासुआमाले बुहारीलाई सोधिन: आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए? जब उनले अगरबात्तिको पाकेट देखिन, तब सासुआमाले बुहारीलाई भनिन्ः भोलि पुजामा यो अगरबत्ती बाल्नु । बिहान जब छोरी पुजा गर्न बसिन, तब उनले अगरबत्तिको पाकेट खोलिन जसबाट एउटा चिठी निस्कियो । चिठीमा लेखिएको थियो.!!"छोरी ! यो अगरबत्ती आफै बल्छ, तर सुगन्धले पुरै घर भरिदिन्छ । यतिमात्र होइन यसले वरिपरिको बाताबरणलाई आफ्नो सुगन्धले आनन्दित बनाउँछ सायद कहिलेकाही श्रीमानसँग मन खिन्न हुनसक्छ वा सासू ससुरासँग रिसाउन सक्छौं, अथवा देवर आमाजु नन्दहरुसँग रिसाउन सक्छौ या कहिले तिमिलाई कसैको कुरा सुन्नुपर्ने हुन्छ, वा कहिले छिमेकीसँग मन अमिलो महसुस हुनसक्छ । तब तिमि मेरो यस उपहारलाई सम्झने गर्नु, र अगरबत्ती झै जलेर आफ्नो घरलाई खुशी राख्ने, आफै सहने अनि आफ्नो व्यबहार र कर्मले श्रीमानको घरलाई सुगन्धित पार्ने गर्नु !!चिठी पढेर छोरी रुन थालिन । सासू-आमा आइन ससुरा र श्रीमान पनि पुजा कोठामा पुगे जहाँ बुहारी रोइरहेकी थिइन् । के भयो औंला पोल्यो कि क्याहो ? यसरी श्रीमानले सोधे । "के भयो? कमसेकम यति त भन" ससुरा बा ले भने । सासुआमाले वरिपरि चारैतिर हेर्न थालिन, उनले बुहारीको बुबा द्वारा सुन्दर अक्षरमा लेखिएको चिठी देखिन. चिठी पढ्ने बित्तिकै उनले बुहारीलाई अंकमाल गरिन र चिठी ससुराको हातमा सुम्पि दिइन् । चस्मा नलगाएकोले उहाँले चिठी छोरालाई दिएर चिठी पढ्न आग्रह गरे। छोराले पत्र पढेर सुनाएपछी सबैजना स्तब्ध भए । सासुआमाले भनिन्: "ओहो ! यो चिठी फ्रेममा राख्नुपर्छ । यो मेरो बुहारिको माइतबाट पाएको सबभन्दा अमुल्य उपहार हो । यो चिठी पुजा कोठामा नै हुनुपर्छ । र सदैव यस् फ्रेमको आफ्नो सब्दले सम्पुर्ण घर र वरिपरिको बाताबरणलाई आफ्नो तरिकाले सुगन्धित पारिरहन्छ । बालेको अगरबत्ति सकिएपछि पनि.. त्यसैले आमाबुबाले आफ्नो छोरिलाई राम्रो संस्कार दिनुपर्छ जसले ससुराली र माइतीघर बासनाले सुगन्धित पार्न सकुन् ।#foryou #tiktok #foryoupage #kamalregmee

Kamal Regmi
Kamal Regmi
Open In TikTok:
Region: NP
Saturday 20 June 2026 05:08:34 GMT
55553
1022
69
188

Music

Download

Comments

gayatri_me1
Gayatri Basnet :
सारै मन छुने भनाई 👌👌🙏🙏
2026-06-26 06:45:37
3
badri.thapa93
badri thapa :
2026-06-22 01:26:45
0
saraswatidhakal93
saraswatidhakal93 :
Very nice words
2026-07-08 09:10:41
0
birendrakumar8928
birendra12 :
2026-06-26 07:43:24
0
nthero77
Nthero :
अतिनै मार्मिक शब्द यिशब्दहरूले मनछाेयाे👍💋💞
2026-06-21 15:37:20
1
kalpanakarki170
Kalpana Karki :
sarai. ramro
2026-06-30 07:04:40
0
arjun.prasai82
Arjun Prasai :
Ramro lekh👍
2026-07-23 12:57:50
0
menukalamichane
Menuka :
kati ramro chhithi
2026-07-13 16:05:13
0
krishnayadav9783
I am back :
best writing
2026-07-03 05:16:14
1
u.k.taj
👭U.k.taj..💓💓💓👩‍👩‍👧‍👧 :
मन छुने शब्द हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-06-30 06:14:01
0
asharphiram
Asharphi Ram :
धेरै धेरै राम्रो संस्कार छाेरीलाई दिनु धेरै महत्त्वकाे कुरा हाे।
2026-06-22 04:00:43
1
bibindra2
amireya😘🇧🇹 :
2026-06-20 13:30:05
0
rajeshthapa44
Rajesh thapa :
मार्मिक "आफू भलो त जगत भलो"। यति नै बुझे अहिलेलाई🥰🥰🥰
2026-06-20 07:04:22
0
padam.bahadur.gha96
Padam Bahadur Gharti :
कति राम्रो शब्द
2026-06-29 07:18:34
0
ramupreti875
Ram Upreti.kdupreti :
यहि त हो सत्य
2026-06-25 15:55:59
0
baburam.s
baburam.s :
काेसेलि र मर्मिक सब्दले सारै मन छाेयाे धन्याबद छ हजुर्लाई ।
2026-06-22 03:48:01
0
dibyashwarbaskota
दिब्यश्वर उदासी बास्कोटा :
मार्मिक र मनन योग्य,धन्यबाद
2026-06-21 11:04:33
0
siddharajbhatta93
siddharajbhatta93 :
मननिय 🙏🙏🙏
2026-06-21 06:39:11
0
ishworpradhan3
ishworpradhan3 :
सल्युट छ वहाँलाई जसबाटपनि एउटा पत्रकाे रूपमा यस्ताे अमुल्य शिक्षा र सँस्कारकाे उपहार दिईयाे । वास्तवमै याे सस्कार जीवनमा यथार्थ भयाे भने परिवारमा सुख हैन जाे किनेर पाईदैन , आनन्दकाे बहार छाउने छ घरनै स्वर्ग समान हुनेछ ।
2026-06-23 06:21:13
0
shaki.gurung
Shaki Gurung :
Very nice 👌👌
2026-06-21 15:37:10
0
limbu3289
Limbu :
लेखकलाई मुरी मुरी धन्यवाद साह्रै मीठो शब्द तपाईको चिट्ठीले मलाई पनि भाबुक बनायो।
2026-06-21 14:49:19
0
rupamagar1304
Rupa thapa magar :
अत्न्यतै मार्मिक बनायाे ❤️❤️❤️
2026-06-20 21:16:28
0
To see more videos from user @kamalregmi11, please go to the Tikwm homepage.

Other Videos


About