@smrititimalsina220: रास्वपाका सभापति रवि लामिछाने केही हप्ताअघि भारत भ्रमणमा गएका थिए। त्यहाँ उनको स्वागत हेर्दा मानौँ कुनै ठूलो देशका राष्ट्रपति वा प्रधानमन्त्री भारत भ्रमणमा गएको जस्तो देखिन्थ्यो। तर रवि लामिछाने भारतबाट फर्किएको दुई हप्ता पनि नबित्दै भारतले नेपाली चिया निर्यातमा कडा नियम लागू गरिदियो। त्यसको असरस्वरूप इलाम र झापाका चिया बगानमा अहिले सन्नाटा छ। ८३ वटा चिया कारखाना एकैचोटि बन्द भएका छन्। भारतको नयाँ नियमका कारण लाखौँ किलो नेपाली चिया कोलकातामा अड्किएको छ। उत्पादनको मुख्य सिजनमै हरियो चियापत्ती खेर गइरहेको छ। हजारौँ किसान, करिब ६० हजार कामदार र उनीहरूका परिवारको रोजीरोटी संकटमा परेको छ। वार्षिक १२–१४ अर्ब रुपैयाँको चिया उद्योग नै धराशायी हुने अवस्थामा पुगेको छ। तर यति ठूलो संकट आइरहँदा पनि ‘रातारात देश बनाउने टोली’का कुनै सदस्यले यस विषयमा उल्लेखनीय पहल गरेको वा स्पष्ट रूपमा बोलेको खासै सुनिएको छैन।