@news.alert.nepal: सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एक भिडियोले पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हङकङको स्ट्यान्ली क्षेत्रमा देखिएको दाबी गर्दै थप चर्चा सिर्जना गरेको छ। ई–पासपोर्ट खरिद प्रकरणसम्बन्धी सीआईएए अनुसन्धान चलिरहेका बेला भिडियो सार्वजनिक भएको हो। असार २ गते सीआईएएले आरजु राणा देउवाको निवासमा उपस्थित भई तीन दिनभित्र बयान दिन निर्देशन दिएको थियो, तर असार ७ सम्म उनी नेपाल नफर्किएको बताइएको छ। यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोही सम्बन्धित विषयमा देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेको थियो। यद्यपि, सार्वजनिक भिडियोको मिति र प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन। #newsalertnepal #ArzuRanaDeuba #SherBahadurDeuba #EPassportCase #NepalPolitics