@rameshnath115: गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख ज'रिवाना चितवन, ९ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित Lords Business Complex Hotel Pvt. Ltd. लाई खाद्यान्नको गुणस्तरमा ग'म्भीर ला'परबाही गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ ज'रिवाना गरेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूका अनुसार, चितवन भ्रमणमा रहेका गृहमन्त्रीले खान लागेको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि उक्त होटलको भान्सा र खाद्यान्नको गुणस्तरमाथि प्रश्न उठेको थियो। सोही जनगुनासो र विशिष्ट घ'टनाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको आकस्मिक निरीक्षण टोलीले होटलमा अ'नुगमन गरेको थियो। अ'नुगमनका क्रममा उक्त होटलले गुणस्तरही'न खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी खानेकुरा तयार गर्ने गरेको भेटिएपछि कानुनी का'रबाही गरिएको हो।#गृहमन्त्रीसुदनगुरुङ🙏