@shretasmom: जिन्दगीको यात्रामा धेरै मानिसहरू आउँछन् र जान्छन्, कसैले साथ दिन्छन् त कसैले बीच बाटोमै छोडेर जान्छन्। तर तिमी मेरी छोरी र म तिम्री आमा, हाम्रो सम्बन्ध भने समय, दूरी वा परिस्थितिले कहिल्यै टुटाउन सक्दैन। तिमी मेरो छोरी मात्र होइन, मेरो सबैभन्दा मिल्ने साथी पनि हौ। मेरो अनुहारको हाँसोभित्र लुकेको पीडा, मेरा नबोलेका भावना र मनका गहिरा कुरा बुझ्न सक्ने एक मात्र व्यक्ति तिमी नै हौ। संसारले नबुझे पनि तिमीले मलाई बुझ्छौ, र यही कुरा मेरो जीवनको सबैभन्दा ठूलो शक्ति हो। म तिमीलाई सधैं माया गर्छु र सधैं तिम्रो साथमा रहनेछु।#motherdaughterlove#मेरोसन्सार❣️🌎 @𝓢𝓱𝓻𝓮𝓽𝓪