@yatrinepal: Gulmi ridi बुटवलबाट करिब २.५–३ घण्टाको सडक यात्रा रिडीको नयाँ आकर्षण – कालीगण्डकीमाथि निर्माणाधीन लामो झोलुङ्गे पुल! 🌉 गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रूरू क्षेत्र (रिडी) अब नयाँ पर्यटकीय आकर्षणतर्फ अघि बढिरहेको छ। कालीगण्डकी नदीमाथि निर्माण भइरहेको यो लामो झोलुङ्गे पुल सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवतजावत मात्र होइन, आन्तरिक पर्यटनलाई पनि नयाँ गति मिल्ने अपेक्षा गरिएको छ। रिडी पहिले नै नेपालकै चर्चित तीनमुखे (Y-आकार) झोलुङ्गे पुल का कारण परिचित छ। यस पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्दै रूरू क्षेत्रलाई अझ विशेष बनाएको छ। अहिले निर्माण भइरहेको नयाँ पुलले भविष्यमा यस क्षेत्रको पर्यटन र आर्थिक गतिविधिमा थप योगदान पुर्याउने विश्वास गरिएको छ। 📍 Location: Ruru Rural Municipality, Gulmi Hashtags: #YatriNepal #Ridi #Ruru #Gulmi #Kaligandaki