@bishwachhetri: एक बिहान राजा वीरेन्द्रको चस्मा हरायो.. उदेकलाग्दो कुरा, राजाको शयनकक्ष ( खोपी) बाटै चस्मा हरायो । कतै भुँइमा खस्यो कि भनेर राजा वीरेन्द्र बिहान पाँच बजेतिर जागा भएर धुँइधुँइति चस्मा खोज्न लागिबक्स्यो। केही क्षणमा महारानी ऐश्वर्य सवारी भयो । मुसुमुसु हाँस्दै कतैबाट चस्मा ल्याएर टक्र्याइबक्स्यो। राजाबाट हुकुम भयो , " यो त नयाँ छ , मेरो होइन , कसैको होला।" मेरो धेरै पुरानो छ, सजिलो छ, राम्रो र बलियो छ। त्यो खोज।" महारानीले राजाको चस्मा धेरै पुरानो भएको भन्दै हिजो मात्रै नयाँ झिकाइबक्सेको थियो । त्यहीबेला पुरानो चस्मा लुकाइएको थियो । राजाको बानी सकेसम्म किफायत गर्ने। हत्पति नयाँ नकिन्ने। पाउपोश ( जुत्ता ) र शिरपोश( टोपी ) देखि लबेदा सुरुवाल सबै पुरानो । एकजना पुराना सेवकले मलाई भन्नुभयो , कोटको रङ उडेको थियो, एघार बर्ष पहिरिबक्सेपछि। सुचिकार बोलाएर हुकुम भयो , " यो राम्रो कपडा छ, किन मिल्काउनु , बरु भित्रको भागलाई बाहिर पारेर नयाँ जस्तो बनाइदिनू है। " सोफाहरु पुराना भए भनेर महारानीबाट फ्याँक्न लाग्दा बुढाबुढीको गलफत्ती भयो । राजा वीरेन्द्रबाट हुकुम भयो , " खालि खुट्टाले खेत जोत्नेले पनि कर तिरेका छन्। उनीहरूको पसिना हामीले खेर जान दिनुहुँदैन । बरु सोफामा नयाँ खोल राख। मर्मत गर। व्यर्थमा पैसा खर्च नगर।" पुरानो चस्मा खोज्नुमा राजाको त्यही मनोविज्ञान प्रभावित भएको देखिन्छ । "मलाई त्यही पुरानो चस्मा चाहिन्छ भनेर ढिपी गरेपछि महारानी गन्गनाइबक्स्यो, "हरे शिव, बानी कहाँ जान्छ र! " अन्त्यमा लुकाएर राखेको चस्मा दिइबक्स्यो। राजाबाट हुकुम भयो, "हो, यो चाहिँ मेरो हो ।" ✍️- युवराज गौतम #kingbirendrabirbikramshah
Bishwa Chhetri
Region: AE
Sunday 28 June 2026 08:44:30 GMT
Music
Download
Comments
Nepali Santosh🇳🇵 :
hamro raja 👑🫡
2026-06-28 13:53:00
0
janak :
🙏🙏🙏😢😢
2026-06-28 18:39:25
0
sanjivan shrestha :
♥️♥️♥️
2026-06-28 18:14:58
0
OLI😉SARKAR :
🥰🥰🥰
2026-06-28 16:07:28
0
dipika titung 105 :
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-06-28 14:30:06
0
Laxmi Poudel :
❤️❤️❤️❤️❤️
2026-06-28 09:10:06
1
Sabitra Lamsal ❤️ :
🥰🥰🥰🙏🙏🙏🙏🙏
2026-06-28 09:02:31
1
Subedi Rewati Mohan :
😭😭😭😭😭😭
2026-06-28 19:10:34
0
To see more videos from user @bishwachhetri, please go to the Tikwm
homepage.