@whisperofwonder01: विदेशले बनाएको म…” गाउँको सरल जीवनबाट टाढा, जिम्मेवारीले समयभन्दा पहिले नै ठूलो बनाएको मान्छे हुँ म। यहाँ हाँस्न पनि सिकेँ, रोएर पनि काम गर्न सिकेँ। आफ्ना पीडाहरू लुकाएर अरूका सपनाहरू पूरा गर्न सिकेँ। विदेशले मलाई पैसा कमाउन मात्र सिकाएन, आफ्नै भावना दबाएर पनि मुस्कुराउन सिकायो। कसैलाई कहिल्यै नभनी चुपचाप संघर्ष गर्न, धोका सहन, एक्लोपनसँग मित्रता गर्न र हरेक चोटपछि फेरि उठ्न सिकायो। आज म पहिलेको जस्तो छैन। समयले होइन, परिस्थितिले परिवर्तन गरेको मान्छे हुँ। विदेशले बनाएको म— कमजोर होइन, संघर्षले गढिएको मान्छे हुँ..!! ❤️🩹#kajji #abroadlife🇯🇵