@rolpahighlights: रोल्पा जिल्लामा हाल ७५ जना एचआईभी संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ। एचआईभीसम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले रोल्पा नगरपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो। स्वास्थ्य कार्यालय रोल्पाकी अनिता पोखरेलले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार जिल्लामा एचआईभी संक्रमणका कारण १४ जनाको मृत्यु भइसकेको छ। हाल संक्रमितहरुले नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। जिल्लागत विवरणअनुसार सुनिल स्मृति गाउँपालिकामा सबैभन्दा बढी १३ जना संक्रमित रहेका छन्। त्यस्तै लुङ्ग्री गाउँपालिकामा १० जना, रोल्पा नगरपालिकामा ९ जना, माडी गाउँपालिकामा ५ जना, गंगादेव गाउँपालिकामा ४ जना, त्रिवेणी र सुनछहरी गाउँपालिकामा ३/३ जना तथा थबाङ गाउँपालिकामा १ जना संक्रमित रहेका छन्। कार्यक्रममा एचआईभी संक्रमण रोकथामका उपाय, संक्रमित व्यक्तिप्रति गरिनुपर्ने व्यवहार तथा समाजमा रहेका गलत धारणा हटाउने विषयमा छलफल गरिएको थियो। #rolpa #news #today