@khabarkatha: त्रिभुवन जन्मिँदा मात्र जोगिएको शाह वंशको गद्दी राजा त्रिभुवनको जन्म केवल एउटा राजकुमारको जन्म थिएन, शाह वंशको उत्तराधिकार जोगिएको निर्णायक मोड थियो। त्रिभुवन नजन्मिएको भए गद्दी रतेन्द्रविक्रम शाहतर्फ जाने तयारी भइसकेको थियो। तर १९६३ असार १७ गते उनको जन्मसँगै दरबारको सत्ता समीकरण नै बदलियो। पछि ५ वर्षकै उमेरमा राजा बनेका त्रिभुवन राणाहरूको नियन्त्रणमा रहे—नामका राजा, तर अधिकारविहीन। सुरा–सुन्दरी र मोजमस्तीमा अल्झाइएका त्रिभुवनले धेरै पछि मात्र बुझे, उनी राजगद्दीमा बसे पनि वास्तविक शक्ति अरू कसैको हातमा थियो। #NepalHistory #KingTribhuvan #ShahDynasty #RanaRegime #NepalRoyalFamily