@bibekshah7: Aar-Ti B Chhe-Tri २१ वर्षकी क्रिकेट खेलाडी आरती क्षेत्रीको यो म्यासेज मैले सुरुमा सामान्य गुनासो होला भनेर खोलेको थिएँ। तर जब मैले पूरा कुरा पढेँ… अनि प्रमाणहरू, लालपुर्जा, निवेदन, सहमतिपत्र, वडा र न्यायिक समितिमा दिइएका कागजहरू हेर्दै गएँ… त्यो एउटा सामान्य जग्गा विवाद रहेन। त्यो एउटा परिवारको बाँच्ने संघर्ष बन्यो। एकातिर बाबा बितेको १० वर्ष… अर्कोतिर आमाले दुःख गरेर हुर्काएका छोराछोरी… कमजोर आर्थिक अवस्था… टहरा जस्तो घर… अनि त्यसमाथि आफ्नै नाममा दर्ता भएको निजी जग्गामा खेती गर्न नपाउने अवस्था। आरतीको दाबी अनुसार विपक्षी पक्षले छुट्टै १० कट्ठा जग्गा पाइसकेको छ, अंशबण्डा पनि भइसकेको छ। तर त्यसपछि पनि आरतीहरूको निजी जग्गाभित्र संरचना राखेर हकदाबी गरिएको आरोप छ। २०७९ मा वडा र न्यायिक समितिको रोहवरमा १२ लाख ५० हजार रुपैयाँमा सहमति पनि भयो। तर आजसम्म कार्यान्वयन भएन। त्यसपछि झन् अवस्था चर्किँदै गयो भन्ने आरोप छ— ४ वर्षसम्म वडाबाट सिफारिस रोकिएको, नापजाँच गर्न नदिएको, खेती गर्न ट्याक्टर छिर्न नदिएको, अन्नबालीमा बाख्रा बाँधिएको, बाख्राको डोरी काटिएको, गालीगलौज भएको… असार १६ गते आफ्नै खेत जोत्न ट्याक्टर बोलाउँदा समेत “खेती गर्न दिँदैनौँ” भन्दै रोक लगाइएको दाबी छ। सबैभन्दा दुःख लाग्दो कुरा के लाग्यो भने— यो बहिनी हेल्लो सरकारसम्म पुगेकी छन्। गृह मन्त्रालयको WhatsApp मा पुगेकी छन्। प्रधानमन्त्री र गृहमन्त्रीको Facebook page सम्म पुगेकी छन्। चितवन अधिवेशनमा पुगेर सांसद सोबिता गौतमलाई भेटेकी छन्। तर अहिले पनि एउटै प्रश्न सोधिरहेकी छन्— “आफ्नै नाममा राजस्व तिरेको जग्गामा खेती गर्न नपाएपछि म कहाँ जाऊँ ?” म विदेशमा छु। गएको दुई दिनदेखि प्रहरी, पत्रकार, अदालत, चिनेजाने सबैलाई गुहारेको छु। तर कतैबाट स्पष्ट बाटो ननिस्किएपछि यो भिडियो बनाएको हुँ। यदि बहिनीको पक्षबाट गल्ती छ भने कानुनी रूपमा बुझाइदिनुपर्यो। तर यदि साँच्चिकै अन्याय भएको हो भने… एक २१ वर्षकी खेलाडी छोरीलाई आफ्नै जग्गामा खेती गर्न नदिने अवस्था सामान्य होइन। कृपया यो भिडियोलाई राजनीति मात्रै भनेर नहेर्नुहोस्। यो एउटा परिवारको जीवनको कुरा हो। कसैले कानुनी बाटो देखाइदिनुहोस्। कसैले सम्बन्धित निकायसम्म आवाज पुर्याइदिनुहोस्। कसैले सहयोग गर्न सक्नुहुन्छ भने अगाडि आउनुहोस्। बाकी… यो बहिनी अहिले हजुरहरूकै आशामा छिन्। 🙏 #आरतीक्षेत्री #JusticeForAarti #Devchuli #Nawalparasi #HelloSarkar
Bibek Shah
Region: KR
Saturday 04 July 2026 03:07:33 GMT
Music
Download
Comments
sabikandel873 :
Naye milos
2026-07-11 10:51:19
0
shila Aryal :
मेरै छिमेकी को समस्या रहेछ 😳अन्याय कसैलाई हुनुहुँदैन hai😢 🙏🙏🙏🙏
2026-07-05 06:16:20
76
Dipendra Thakuri :
🙏नमस्कार हजुर हजुरको भिडियो हेरिसकेपछि मलाई दुःख लागेको छ। म यति नेपाल गएको बेलामा समय दिने काम यो विषयमा जानकारी गराउनेछु। सूचना र जानकारीको लागि धेरै धेरै धन्यवाद हजुरलाई। म पनि यही ठाउँको बासिन्दा भएको कारणले सम्बन्धित निकायमा आवाज उठाउनेछु।
2026-07-04 10:37:10
111
roshika🌺 :
धन्यवाद दाइ आवाज उठाउनु भएकोमा🙏🙏
2026-07-04 08:55:51
94
iraanepali ❤️ :
सबैजनालाई सक्दो सेयर गरिदिनुहोला🙏
2026-07-04 08:47:47
26
Arsu🕉️ :
Justice @A-K🖤 help her 🙏
2026-07-09 06:00:58
6
Shova Kumal :
म पनि devchuli नगरपालिका बाट हो चाँडो न्याय मिलोस्
2026-07-09 10:47:15
13
हरि अर्याल :
sunuwai hos sarkar 🙏🙏🙏
2026-07-04 03:33:33
24
Arjun magar :
खगेन्द्र सुनार कहाँ छ
2026-07-09 17:40:52
8
Bijay Siwakoti🔔 :
please help her
2026-07-04 11:13:53
17
ALISHA🌼💝 :
सबैजनालाई सक्दो सेयर गरिदिनुहोला सबैले सपोर्ट गरिदिनुहोला🙏
2026-07-04 08:04:21
21
Dubish Bhattarai poudel :
wow,, न्याय मिलोस।।।यो भाईरल भिडीयो बनोस ।।धन्यबाद हजुर।।।
2026-07-10 10:36:03
3
KRISHNA🖤 :
help her plzz everyone
2026-07-04 15:23:05
9
punam :
जसको कोही हुँदैन उसको भगवान हुन्छ सत्य ढिलो भए पनि उसको जीत निश्चित छ यो बहिनि लाइ न्याय मिलोष 💕💕💕
2026-07-10 11:06:11
3
@rupesh :
साँच्चै नै सहयोग पाउनु पर्ने हो यो बहिनीलाई ❤️👍🏼🤞🏼👏🏼💪🏼🇳🇵🙏🏼
2026-07-10 07:26:11
2
𝕾𝖚𝖉𝖎𝖕 :
सपोर्ट गर्नुपर्छ।🥰🥰
2026-07-04 12:09:18
5
🐒 :
आशा छ यसपटक न्याय पाइन्छ।
2026-07-04 15:14:06
5
chet narayan :
help her plz
2026-07-04 11:32:15
6
khem senchury :
yo kaam ma ta help garna parxa
2026-07-04 13:01:01
6
Saroj Das :
यो भिडियो हेरेपछि पक्कै न्याय मिल्छ
2026-07-10 07:43:57
1
🫅🇳🇵Tamang ni🫅🇳🇵 :
धन्यवाद दाइ आवाज उठाउनु भएकोमा🙏🥰
2026-07-09 15:14:56
2
️म केहि बोलिन... 🤔 :
यो भिडियो धेरै दुःख गरेर बनाउनु भएछ, धेरै धेरै धन्यवाद
2026-07-05 15:07:21
3
K❤️S :
यो बहिनिलाइ न्याय मिलोस
2026-07-09 17:21:09
1
बिजय अनुरागी :
Sakdo sahayo garnu hola🙏
2026-07-04 18:54:59
2
To see more videos from user @bibekshah7, please go to the Tikwm
homepage.