@tori_lahure_official123: सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा उपत्यकाका विभिन्न रुटमा आठ वटा बस सञ्चालन गरिने जनाइएको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत समावेश गरिएको यो कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको अवधारणामा आधारित रहेको बताइएको छ। प्रारम्भिक रूपमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरी क्रमशः अन्य प्रदेशमा विस्तार गर्ने योजना सरकारको छ। यसका लागि कुल २५ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय तथा सहमति मागिसकेको छ। स्वीकृति प्राप्त भएलगत्तै साउन १ गतेदेखि सेवा सुरु गरिने तयारी छ। पहिलो चरणमा ‘ब्लु बस’ सञ्चालन हुने रुटहरू: लगनखेल–बुढानिलकण्ठ : २ वटा बस थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : २ वटा बस रिङरोड (चक्रपथ) : ४ वटा बस २ वटा क्लकवाइज २ वटा एन्टिक्लकवाइज सरकारले आगामी दिनमा सेवा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखेको भए पनि पहिलो चरणमा काठमाडौं उपत्यकाबाट मात्रै सञ्चालन गर्न लागेको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवनमा पनि यस्तै प्रकृतिको सेवा सञ्चालन गर्ने प्रयास गरेको थियो। तर, उक्त अभ्यास दीर्घकालीन रूपमा सफल हुन सकेको थिएन। #creatorsearchinsights #breakingnews #bluebus #bluebusinkathmandu #freebluebus