sayuu_shaa :
"
सर्वशक्तिमान् परमेश्वर, सबै थोकका मुखिया हुनुहुन्छ, उहाँले आफ्नो सिंहासनबाट आफ्नो शाही शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई डोऱ्याउने काममा हुनुहुन्छ। हामी हरेक क्षण उहाँसँग नजिक हुनेछौं, र चुपचाप उहाँको सामु आउनेछौं, एक पल पनि कहिल्यै गुमाउनेछैनौं, र सबै समय हामीसँग सिक्नका लागि पाठहरू हुनेछन्। वरपरको वातावरणदेखि मानिसहरू, घटनाहरू, र विभिन्न वस्तुहरूसम्म सबै थोक, सबै नै उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कहिल्यै गुनासो पैदा नहोस्, नत्र परमेश्वरले आफ्नो अनुग्रह रोक्नुहुनेछ। जब-जब रोग-बिमार आइपर्छन्, यो परमेश्वरको प्रेम हो, र तीभित्र अवश्य नै उहाँका दयालु अभिप्रायहरू लुकेका हुन्छन्। तेरो शरीर अलिकति कष्टबाट भएर जानुपर्ने हुनसक्ने भए तापनि, शैतानका कुनै विचारहरू मनमा नराख्। रोग-बिमारको बीचमा परमेश्वरको प्रशंसा गर् र तेरो प्रशंसाको क्रममा परमेश्वरसँग आनन्द गर्। बिमारीपनको बीचमा निराश नबन्, बारम्बार खोजी गर् अनि हरेस नखा, र परमेश्वरले तँलाई उहाँको ज्योति दिनुहुनेछ। अय्यूबको विश्वास कस्तो थियो? सर्वशक्तिमान् परमेश्वर महाशक्तिशाली वैद्य हुनुहुन्छ! रोग-बिमारमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा जिउनु भनेको निको हुनु हो। जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्म परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन।"
2026-07-18 17:39:57