"Sandesh69✨🕊️ :
सायद तिमीले full time खेल्नु पाको भए यो दिन आउदैन् थियो होला 😭 कोच को कारण तिम्रो यो हार भयो 💔💔कसैले केवल आजको हार देख्छ, तर मैले त वर्षौँको त्याग, संघर्ष र नहार्ने साहस देखेको छु।तिम्रो कठोर यात्रा ,चोटपटक, आलोचना, आँसु, दबाब, र बारम्बार उठेर फेरि मैदानमा फर्किने त्यो हिम्मत… यी सबैको नाम हो Neymar आजको त्यो एउटा गोल केवल गोल थिएन, त्यो करोडौँ समर्थकलाई दिएको आशाको सन्देश थियो—“म अझै सकिएको छैन।
आज हार भयो। फेरि धेरैले आलोचना गर्नेछन्। धेरैले साथ छोड्नेछन्। तर साँचो समर्थक भने जितमा ताली मात्र बजाउने होइन, हारमा पनि आँसु पुछ्दै साथ दिने हो।म त्यहि साचो समर्थकमा पर्छु😭😭खेल हो हार जित हुन्छ🙏तर तिमीले त अन्तिम घडीमा पनि आएर जुन आशा देखायौ त्यो नै ठुलो कुरा थियो🙏🫶
एउटा खेल हारेर एउटा योद्धाको कथा समाप्त हुँदैन। किनकि इतिहास जित्नेहरू ती होइनन् जसले कहिल्यै हारेनन्, इतिहास त उनीहरूले लेख्छन् जसले हरेक हारपछि फेरि उठ्न सिके।
आज तिम्रो आँखामा आँसु होला, Neymar… तर विश्वास गर, यही आँसुले भोलिको मुस्कानको मूल्य अझ ठूलो बनाउनेछ।
सच्चा समर्थकहरू तिम्रो साथमा हिजो पनि थियौँ, आज पनि छौँ, र भोलि पनि रहनेछौँ।🇳🇵🇳🇵🇧🇷🇧🇷❤️🩹❤️🩹
2026-07-06 06:56:00