@mdrafik958: मायादेवी गाउँपालिका–३, कम्हरिया वडा कार्यालयद्वारा ६१ थान कृषि मोटर (स्प्रे मोटर) कृषकहरूलाई वितरण गरिएको छ। कृषकहरूलाई आधुनिक कृषि प्रविधिको प्रयोगतर्फ प्रोत्साहित गर्दै उत्पादन वृद्धि, श्रम तथा समयको बचत र व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले ६१ थान कृषि मोटर वितरण गरिएको हो। यस कार्यक्रमबाट लाभान्वित सम्पूर्ण कृषकहरूलाई हार्दिक शुभकामना। कृषकको आय वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरणका लागि वडा कार्यालय निरन्तर प्रतिबद्ध रहनेछ। #मायादेवी_गाउँपालिका #वडा_नं_३_कम्हरिया #कृषि_मोटर_वितरण #कृषि_विकास #कृषक_सशक्तीकरण@Upen Yadav