Ramkrishna Sharma :
मानिसको वास्तविक सुन्दरता
जस शरीरलाई हामी आज सुन्दर भनेर प्रशंसा गर्छौं, मृत्यु भएपछि त्यही शरीर किन सुन्दर देखिँदैन? किन त्यसलाई घरमा राखिँदैन, अन्तिम संस्कार गरिन्छ?
एकपटक शरीरको बाहिरी छाला हटाएर हेर्ने हो भने यसको वास्तविकता प्रस्ट हुन्छ। भित्र त रगत, हड्डी, मासु, विभिन्न अंग, रोग लाग्ने सम्भावना, मलमूत्र र क्षणिक जीवनको संरचना मात्र छ। त्यसैले शरीरको सुन्दरता स्थायी होइन, यो त समयसँगै मेटिने अस्थायी आवरण मात्र हो।
वास्तविक सुन्दरता शरीरमा होइन, मानिसको कर्ममा हुन्छ। उसका विचारमा हुन्छ। मधुर वाणीमा, असल व्यवहारमा, उच्च संस्कारमा र निष्कलंक चरित्रमा हुन्छ।
जसको जीवनमा यी गुणहरू हुन्छन्, ऊ नै संसारको सबैभन्दा सुन्दर व्यक्ति हो। यस्ता मानिसलाई समयले पनि सम्मान गर्छ, समाजले पनि माया गर्छ, र उसको सुगन्धित व्यक्तित्व मानिसहरूको हृदयमा सधैं जीवित रहन्छ।
त्यसैले शरीरको होइन, आफ्नो चरित्रको सौन्दर्य बढाऔँ। किनकि शरीर एक दिन माटोमा मिल्छ, तर असल कर्म र राम्रो चरित्र सधैं मानिसहरूको सम्झनामा बाँचिरहन्छ।
2026-07-09 13:22:36