@voice.for.change1: आज हामी आमाछोदिङ्मो गाउँपालिका–५ मा रहेको रोङ्गा–गद्लाङ सडक योजनाको स्थलगत अनुगमन तथा खबरदारीका लागि आएका छौँ। नव जानुका देवी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले विगत तीन वर्षदेखि यो योजना अलपत्र पारेको भन्दै स्थानीयवासीको गुनासो आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रसुवा जिल्ला कार्यसमिति, स्थानीय बुद्धिजीवी, युवा तथा सरोकारवालाहरूको उपस्थितिमा यहाँ निरीक्षण गरिएको हो। विकासका योजना समयमै सम्पन्न हुनु जनताको अधिकार हो। ठेक्का लिएर वर्षौंसम्म काम अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। हामी कुनै व्यक्ति वा संस्थाको विरोधका लागि होइन, जनताको पक्षमा, जिम्मेवार र गुणस्तरीय विकासका लागि खबरदारी गर्न आएका हौँ। अबदेखि रसुवाका हरेक विकास योजनामा जनताको आवाज बुलन्द हुनेछ। जहाँ बेथिति हुन्छ, त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी जनतासँगै उभिएर खबरदारी गर्नेछ। खबरदारी जारी छ, परिवर्तन जारी छ। धन्यवाद। #Accountability #RoadDevelopment #amachhodingmo #Rasuwa #RSP @Voice for change