@sahareaalamshekh: ✈️ आज हाम्रो फरहदवा गाउँबाट अन्जारुल भाइ, अरमान भाइ र भतिजा नजाम रोजगारीको सिलसिलामा कतार 🇶🇦 जाँदै हुनुहुन्छ। अल्लाह ﷻ सँग हार्दिक दुआ छ—उहाँहरूको यात्रा सुरक्षित, सहज र सफल बनाइदिनुहोस्। परदेशको बसाइलाई रहमत र बरकतले भरिदिनुहोस्। हलाल रोजी–रोटी कमाउने तौफिक प्रदान गरिदिनुहोस् र हरेक कठिनाइ, दुर्घटना तथा सबै प्रकारका खराबीबाट आफ्नो हिफाजतमा राख्नुहोस्। अल्लाह ﷻ ले उहाँहरूको मेहनतमा बरकत दिनुहोस्, काममा सफलता, राम्रो स्वास्थ्य र सधैं आफ्नो रहमत प्रदान गरून्। आफ्नो लक्ष्य पूरा गरेर स्वस्थ, सकुशल र खुसीका साथ फेरि आफ्ना परिवार र गाउँमा फर्किने सौभाग्य प्रदान गरून्। अल्लाह ﷻ को रहमत र संरक्षण सधैं उहाँहरूमाथि रहोस्। आमीन या रब्बल आलमीन। 🤲🇶🇦