@cauutmientay87: Đèn Chiếu Hoạt Hình Động Cute . #denchieuhoathinh #dentrangtri #dochoixemay #xuhuong

Cậu Kim ST
Cậu Kim ST
Open In TikTok:
Region: VN
Tuesday 14 July 2026 18:30:00 GMT
343929
1491
18
121

Music

Download

Comments

giabaongohoan
Gia Bảo :
có gắn vào winner v2 được không shop
2026-09-19 02:55:28
1
truongphuanh22041991
Pp123-anh23 :
Chay tưng tưng rớt
2026-08-03 10:10:25
0
cherry.hunh25
Chừng nào giàu đổi tên 👌😁 :
Gắn xe tải được ko shop
2026-09-28 07:49:53
1
trncuth
Cậu Tư 78py :
Có con vật khác ko shop
2026-08-30 15:32:09
1
chiqqjeuu
bong 💢 :
này chạy bằng pin jv
2026-07-26 03:36:43
1
tiktokhmoobsuav
hmoob suav & Remix :
mẫu này đc bao lâu
2026-08-13 06:58:29
1
thnhien226
🌳kewin 🍄 :
chống nước không ta
2026-10-01 13:12:24
0
usert23ql89mm9
Kaito kid💞 17 / 12 sn@ :
Có chống nước ko ta
2026-09-06 09:00:29
0
user550242099613
Hưng Phạm :
Cái này lập vào đầu nhỉ
2026-09-09 02:40:15
1
hi.nk14
Haỉ nè ní 💞 :
chạy dc 2 ngày ht pin 😂 vcl lun..cay..
2026-08-13 17:40:54
0
beluong1509
Gia Cát Lượng :
@Thế_Bảo🍂
2026-08-28 14:16:29
1
To see more videos from user @cauutmientay87, please go to the Tikwm homepage.

Other Videos

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले पहिलोपटक आफ्नो नेपाल कार्यालयको नेतृत्व नेपाली नागरिकलाई सुम्पिएको छ। कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका छन्। उनले आगामी नोभेम्बरदेखि पूर्ण अधिकारसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्नेछन्। कतार एयरवेजमा यसअघि सेल्स म्यानेजरका रूपमा कार्यरत बोगटीको पदोन्नति प्रक्रिया गत अप्रिलदेखि सुरु भएको थियो। कोभिड–१९ महामारीपछि नेपालमा कन्ट्री म्यानेजरको पद रिक्त रहँदै आएको थियो। त्यस अवधिमा नेपाल कार्यालय बंगलादेशस्थित कार्यालयको मातहतमा सञ्चालन हुँदै आएको थियो। कलंकी निवासी ४० वर्षीय बोगटीले कतार एयरवेजमा प्रवेश गर्नुअघि सवारीसाधनसम्बन्धी कम्पनीमा मार्केटिङ तथा बिक्रीको क्षेत्रमा काम गरेका थिए। उनले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा पनि दुई वर्ष काम गरेका थिए। कतार एयरवेजमा सुरुमा टिकट बिक्री र बजार प्रवर्द्धनमा केन्द्रित उनको जिम्मेवारी अब थप फराकिलो हुने भएको छ। कन्ट्री म्यानेजरका रूपमा बोगटीले कम्पनीका व्यावसायिक गतिविधि सञ्चालन गर्नुका साथै सरकारी निकाय, काठमाडौंस्थित विभिन्न दूतावास, विकास साझेदार तथा अन्य सरोकारवालासँग समन्वय गर्नेछन्। बजार विस्तार, यात्रुसँगको सम्बन्ध सुदृढ बनाउने र नयाँ व्यावसायिक अवसर पहिचान गर्ने जिम्मेवारी पनि उनको काँधमा रहनेछ। कतार एयरवेजको नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकले सम्हाल्न लागेकाले उनको नियुक्तिलाई कम्पनीमा कार्यरत नेपाली कर्मचारीका लागि नेतृत्व तहमा पुग्ने अवसरका रूपमा हेरिएको छ। यसअघि नेपाल कार्यालयमा कन्ट्री म्यानेजर, सेल्स म्यानेजर र एयरपोर्ट म्यानेजरजस्ता प्रमुख पदमा विदेशी कर्मचारीले जिम्मेवारी सम्हाल्दै आएका थिए। सातामा एउटा उडानबाट दैनिक चार उडानसम्म कतार एयरवेजले सन् १९९७ मा नेपालमा सातामा एउटा उडान सञ्चालन गरेर सेवा सुरु गरेको थियो। त्यतिबेला दोहा–काठमाडौं उडानमा बोइङ ७२७ जहाज प्रयोग गरिन्थ्यो। लामो दूरीका कारण जहाजले पाकिस्तानको कराँचीमा इन्धन भर्न प्राविधिक अवतरण गर्नुपर्ने अवस्था थियो। हाल कम्पनीले काठमाडौंमा दैनिक चार वटासम्म उडान सञ्चालन गर्दै आएको छ। बोइङ ७८७ ड्रिमलाइनरजस्ता वाइडबडी जहाजबाट नियमित उडान हुन थालेपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क थप विस्तार भएको बोगटीको भनाइ छ। दोहालाई मुख्य ट्रान्जिट केन्द्र बनाएर कतार एयरवेजले नेपालबाट अमेरिका, युरोपलगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुलाई सेवा दिँदै आएको छ। नियमित उडान र आधुनिक जहाजको उपलब्धताले नेपाल आउने विदेशी पर्यटकलाई समेत सहज हुने बोगटीको विश्वास छ। दैनिक १० करोड रुपैयाँसम्मको टिकट कारोबार बोगटीका अनुसार नेपालसँग सम्बन्धित कतार एयरवेजको टिकट कारोबार दैनिक नौदेखि १० करोड रुपैयाँसम्म पुग्ने गरेको छ। एउटा उडानमा औसत ३०० यात्रु रहने अनुमानका आधारमा दैनिक चार उडानबाट करिब १ हजार २०० यात्रुले एकतर्फी यात्रा गर्छन्। आगमन र प्रस्थान दुवै जोड्दा दैनिक यात्रु आवागमन करिब २ हजार ४०० पुग्ने अनुमान छ। नेपालसँग सम्बन्धित कुल टिकट बिक्रीमध्ये करिब ३० प्रतिशत नेपालमै हुने र बाँकी विदेशका बजारबाट बिक्री हुने बोगटीले बताएका छन्। यात्रुले नेपालबाट मात्रै नभई आफ्नो यात्रा सुरु गर्ने देश वा अन्य अन्तर्राष्ट्रिय बजारबाट पनि टिकट खरिद गर्ने गरेका छन्। विश्वव्यापी रूपमा कतार एयरवेजको विस्तार कतार एयरवेज ग्रुपको सन् २०२५–२६ को वार्षिक प्रतिवेदनअनुसार अप्रिल २०२५ देखि मार्च २०२६ सम्म कम्पनीले ८३ अर्ब ७५ करोड कतारी रियाल आम्दानी गरेको थियो। सो अवधिमा कम्पनीले विश्वभर ४ करोड १८ लाख यात्रुलाई सेवा दिँदै सात अर्ब आठ करोड कतारी रियाल खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ। विश्वभर ५७ हजार ८०० भन्दा बढी कर्मचारी र ३०० भन्दा बढी जहाज रहेको कतार एयरवेजले सन् २०२६–२७ को हिउँदे उडान तालिकामा १७० भन्दा बढी गन्तव्यमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। नेपाल कार्यालयको नेतृत्व नेपाली नागरिकले सम्हाल्न लागेसँगै बोगटीको प्रमुख चुनौती बजार विस्तार, यात्रु सेवाको गुणस्तर कायम राख्नु र नेपालमा कम्पनीको व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउनु हुनेछ। नोभेम्बरदेखि पूर्ण जिम्मेवारी सम्हाल्ने उनको नियुक्तिलाई नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा नेपाली व्यावसायिक नेतृत्वका लागि नयाँ अवसरका रूपमा हेरिएको छ। #qatarairways🇶🇦

About