@shubhayatra1: समाज कल्याण परिषद्ले लोकसेवा आयोगको प्रक्रिया र खुला प्रतिस्पर्धाबिना नियुक्त भएका ४९ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। असार १६ गते बसेको परिषद्को सञ्चालक समिति बैठकले राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीहरूलाई हटाउने निर्णय गरेको हो। बर्खास्तीमा पर्नेहरूमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका भान्जीहरू दीक्षा आचार्य र सरला पोखरेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका भतिज लेखराज शाह, तथा पूर्वउपराष्ट्रप