@tori_lahure_official123: नेपाल आयल निगमले उपभोक्ताको मागलाई सम्बोधन गर्दै बुधबार (असार ३१ गते) देखि खाना पकाउने ग्यासको भरी सिलिन्डर बिक्री वितरण गर्ने भएको छ। यसअघि पेट्रोलियम पदार्थको अभाव सिर्जना भएपछि बजारमा ७.१ केजीको आधा सिलिन्डर ग्यास मात्रै उपलब्ध गराइँदै आएको थियो। निगमका अनुसार अब बजारमा साविककै १४.२ केजीको पूर्ण क्षमताको सिलिन्डर पाइनेछ। उपभोक्ताका लागि यो भरी सिलिन्डर ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ (रु. २०६०) तोकिएको छ। लामो समयदेखि आधा सिलिन्डरका कारण झन्झट खेपिरहेका उपभोक्ताहरूलाई लक्षित गर्दै निगमले पूर्ण सिलिन्डरको व्यवस्था मिलाएको हो। यद्यपि, बजारमा रहेका आधा ग्यासका सिलिन्डरहरू तत्कालै नहट्ने निगमले प्रस्ट पारेको छ। ती सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म केही समयका लागि १४.२ केजी र ७.१ केजी दुवै किसिमका सिलिन्डरहरू सँगसँगै बिक्री हुनेछन्। बजारमा दुई थरीकै सिलिन्डर उपलब्ध हुने भएकाले, निगमले सम्पूर्ण उपभोक्ताहरूलाई ग्यास खरिद गर्नुअघि अनिवार्य रूपमा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र लिन विशेष आग्रह गरेको छ। #NepalOilCorporation #creatorsearchinsights #GasCylinder #gasprice #fullcylinder