@razanji8: विश्व फुटबलमा कहिलेकाहीँ यस्ता संयोगहरू बन्छन्, जसले खेललाई केवल प्रतिस्पर्धामा सीमित नराखी भावनासँग पनि जोडिदिन्छ। यस पटकको विश्वकप फाइनलले यस्तै एउटा ऐतिहासिक कथा बोकेको छ। लगभग दुई दशकअघि लियोनेल मेस्सीले काखमा बोकेको एक शिशु आज उनैसँग विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। ती शिशु हुन् स्पेनका युवा स्टार लमिन यामाल। सन् २००७ मा बार्सिलोना फाउन्डेसन, युनिसेफ र स्पेनी खेल दैनिक ‘स्पोर्ट’ को संयुक्त आयोजनामा बालबालिकाको हितका लागि एक च्यारिटी क्यालेन्डर तयार पारिएको थियो। सोही कार्यक्रमका लागि बार्सिलोनाका खेलाडीहरूसँग शिशुहरूको फोटोसुट गरिएको थियो। भाग्यले लमिन यामालको परिवारको जोडी युवा लियोनेल मेस्सीसँग मिलाइदियो। त्यतिबेला मेस्सी मात्र २० वर्षका थिए भने यामाल पाँच–छ महिनाका शिशु। स्पेनको क्याम्प नोउस्थित ड्रेसिङ रुममा खिचिएको उक्त तस्बिरमा मेस्सीले यामाललाई काखमा लिएको र नुहाउन सहयोग गरिरहेको दृश्य कैद गरिएको थियो। त्यो तस्बिर धेरै वर्षसम्म चर्चामा आएन। सन् २०२४ मा यामालका बुवाले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विश्वभर भाइरल बनेको थियो। लमिन यामालको जन्म सन् २००७ जुलाई १३ मा भएको हो। उनले निकै कम उमेरमै बार्सिलोनाको प्रतिष्ठित ला मासिया एकेडेमीमा प्रवेश पाएर आफ्नो असाधारण प्रतिभा प्रदर्शन गरेका थिए। किशोरावस्थामै स्पेनको राष्ट्रिय टोलीमा स्थान बनाएका यामाललाई विश्व फुटबलको उज्ज्वल भविष्यका रूपमा हेरिन्छ। भर्खरै सम्पन्न विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाले रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको छ भने स्पेनले प्रभावशाली प्रदर्शनसहित फाइनल यात्रा तय गरेको छ। अब विश्व फुटबलले एउटा ऐतिहासिक फाइनल हेर्नेछ, जहाँ आफ्नो युगका महान् खेलाडी लियोनेल मेस्सी र उनको काखमा खेलेका बालक लमिन यामाल आमनेसामने हुनेछन्। फुटबल केवल गोल र ट्रफीको खेल मात्र होइन, यसले पुस्ता जोड्ने सुन्दर कथा पनि लेख्छ भन्ने कुराको उत्कृष्ट उदाहरण बनेको छ मेस्सी र यामालको यो अद्भुत संयोग। आज काखमा बोकेको बालक विश्वकप फाइनलमा प्रतिद्वन्द्वी बनेर उभिएको छ, र यही नै फुटबलको सबैभन्दा सुन्दर कथा हुन सक्छ। #BREAKING #breakingnews #foryourpage❤ #fypシ #foryoupage
jannmiyesi hurkincha hurkiyesi kelkud ma vet huni yo kunai thulo kura haena samaye sadhai yeutai kaha huncha ra
2026-07-16 17:58:53
0
तोरि लाहुरे कृष्ण :
wow Emazing & emotional 🥰🤟🙏
2026-07-16 18:03:29
0
Raju.com :
wow super 🙏🙏
2026-07-16 17:11:39
0
Rajendra singh RD :
देख्नु भो समय सधैं एउटै रहँदैन
2026-07-16 11:53:52
19
subhash Dhami🇳🇵 :
समय बलवान छ।
2026-07-16 15:05:03
7
AnA BaHaDuR PhaGaMi :
जीत र हार त हुँदै गर्छ तर गुरु चेलाको सम्मान स्वरुप रोचक भिडन्त को अर्कै मजा बल्ल आउने भो।👍👍✌️✌️
2026-07-16 12:13:36
15
@D–IN-ramdam :
गुरु चेलाको महान फुटबल यात्रा ऐतिहासिक महत्व बोकेको हुनेछ ।
2026-07-16 14:56:50
8
Kc Kiran :
कति भाग्यमानी 💕💕
2026-07-16 14:13:54
8
Shovit Rai :
kati marmik kura💖
2026-07-16 13:07:50
5
June5 :
guru le sikaux finall game CELA Lai kasari khelnu parx vanera.messi is king👑👑👑
2026-07-16 14:31:37
3
Ganesh shahi :
खेल हारे वा जिते पनि दुबैमा हार्दिक्ता र माया भने सदा रहि रहोस् यस्तो पनि जीवनमा आउदो रहेछ आफ्नैसंग लड्नु पर्ने सायद जीवनको वास्तविक अर्थ पनि यस्तै होला । संयोग वा बियोग म भाबुक भएँ !
2026-07-16 14:26:32
5
Buddhisagar pokhrel :
कस्तो माया लाग्दो तथ्य हो ! भावुक बनायो 🥰🥲
2026-07-16 15:38:41
2
santarana80 :
good luck spain
2026-07-16 14:29:12
1
🇳🇵Raj_Sangi🇳🇵 :
यो भन्दा खुसीको कुरा के होला♥️♥️♥️
2026-07-16 13:56:36
1
Laxman Manyal :
यस्ताे भाग्य लिएर जन्मने मान्छे सँसारमा बिरलै हाेलान
2026-07-16 13:20:50
3
Bhumi RAj Mahat :
❤️❤️amazing
2026-07-16 11:32:41
2
huSky's father :
समय
2026-07-16 17:10:57
0
Krishna Kafle :
🥰🥰🥰
2026-07-16 11:05:39
0
Tikaram :
होईन होला
2026-07-16 14:02:40
1
मेरो प्यारो जयराम(रुकुम पश्चिम :
समय केहिल्यै स्थिर हुदैन!आज त्यो काखको न्यानोपनको सहताले बिश्व फुटबलको मैदानमा ती बालक आज प्रतिस्परर्धि भएर उभिएका छन यो एउटा ऐतिहासिक क्षण हो😭🙏🙏🙏👌👌👀👀👀
2026-07-16 19:39:10
0
शन्कर भिनाजु :
haardai
2026-07-16 19:44:28
0
bibastamang25 :
khoi kura bujnai garo x koi newsna 19 barsa paxi banx kunai newsna 20 banx Haina akhir inharuko nata chai k raix arjentiba Dekhi spend pugera tyo bacha samaunu chai
2026-07-16 16:14:21
0
♥️Bhojpur re cheli 🙏❤️ :
अति भावुक र राेचक ईस्टाटस 😳😏
2026-07-16 16:50:35
0
Prem Bhandari :
समय चक्र
2026-07-16 16:36:16
0
. :
Spain le jitne pakka bhayo
2026-07-16 16:12:31
0
To see more videos from user @razanji8, please go to the Tikwm
homepage.