@kuraute.com: प्रधानमन्त्री एवं रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह अनि पार्टी सभापति रवि लामिछानेमाथि जस्तै बज्र प्रहार भएपनि आफैं थापिन तयार छन् रास्वपाका मा. खगेन्द्र सुनार । प्रम बालेन, सभापति रवि र रास्वपाका विषयमा विपक्षीले प्रश्न तेर्स्याएपिच्छे खण्डनमा उत्रिने प्रमुख पात्र हुन् सांसद सुनार । प्रधानमन्त्री बालेनले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने परपक्षीय अभिव्यक्तिको सञ्चार र सञ्जालमार्फत सुनारले खुलेर प्रतिरक्षा गर्दै आएका छन् । देशहितविपरीत जानुपरे’नि बाल छैन तर आफ्ना नेताको बोलीव्यवहार सधैं सही हुन्छ भन्ने प्रमाणित गर्नैपर्छ, एक अनुयायीको हिसाबबाट । र आजकल, ‘बालेनको सिपाही’ भनेर राजु पाण्डे होइन खगेन्द्र सुनार चिनिन थालेका छन् । 😀 हरिहरि !! #KhagendraSunar #RabiLamichhane #BalendraShah #Fypシ #Fypシ゚viral🖤tiktok 🤪🌺