@palpalkakhabar: प्रकाश सपूतले त थुप्रै फिल्ममा अभिनय गरिसके, थुप्रै फिल्म सुपरहिट पनि भए। तर तपाईंलाई थाहा छ। प्रकाश दूतराजले पनि फिल्म खेलिसकेका छन्, अनि अब पशुपति शर्मा पनि हिरो बन्दैछन्। लाोकदोहोरीबाट करोडौं दर्शकको मन जितेका तीन चर्चित गायक ठूलो पर्दाको नायक पनि बनेका छन्। प्रकाश सपूतले ’परदेशी २’ र ’पूर्णबहादुरको सारंगी’ जस्ता सफल फिल्म दिइसकेका छन्। प्रकाश दूतराजले ’आहुती’ मा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्दै डेब्यु गर्दैछन्। यो फिल्मको छायांकन सकिइसकेको छ। भने पशुपति शर्मा ’तिन तीघ्रे क्या बिग्रेको’ बाट पहिलोपटक हिरोका रूपमा देखिने भएका छन्। पशुपतिको फिल्मको भने हालै घोषणा भएको हो। प्रकाश सपूतका फिल्म त पक्कै धेरैले हेर्नुभएको होला अब प्रकाश दूतराज र पशुपति शर्माको फिल्म हेर्न कत्तिको उत्साहित हुनुहुन्छ आफ्नो धारणा कमेन्टमा अवश्य लेख्न सक्नुहुन्छ है! #PrakashSaput #prakashdutraj #Pashupatisharma