@tulips3264: टिकटकमा आफ्ना रमाइला भिडियो र प्रस्तुतिमार्फत लाखौँ दर्शकको मन जित्न सफल ज्ञानी श्रेष्ठको नि’धनको खबरले अहिले सामाजिक सञ्जालमा धेरैलाई शो’कमग्न बनाएको छ। केही दिनअघिसम्म दर्शकलाई हाँसो र मनोरञ्जन दिइरहेकी उनी आज सबैका लागि एउटा कहिल्यै नमेटिने सम्झना बनेकी छन्। उनको यो असा’मयिक र अप्र’त्याशित नि’धनको खबरले सिंगो सामाजिक सञ्जाल यतिबेला शो’कमग्न बनेको छ। उनको अ’चानक भएको नि’धनसँगै उनको टिकटक प्रोफाइलको बायोमा लेखिएको एउटा मार्मिक सन्देशले धेरैलाई भा’वुक बनाएको छ। ज्ञानीले जीवनका तीता भोगाइहरू समेट्दै लेखेकी थिइन्, “जबसम्म आफू अरूले जे गर्दा, जे भन्दा चुप लागेर सहेर बस्छौँ, तबसम्म मात्रै हो राम्रो हुने। जब सहेर बस्न छोड्छौँ, नि तब व्यवहार देखाउँछन् मान्छेहरू।” यो चोटिलो सन्देश बाहिरिएपछि धेरैले यसलाई उनको भित्री मनको छटपटी र पीडाको रूपमा व्याख्या गरिरहेका छन्। कतिपय शुभचिन्तकहरूले उनी पछिल्लो समय मा’नसिक त’नाव वा डि’प्रेसनसँग संघर्ष गरिरहेकी हुन सक्ने अनुमान समेत गरेका छन्। प्रायः मानिसहरूले आफ्नो मनको बह प्रत्यक्ष भन्न नसक्दा सामाजिक सञ्जालका यस्तै स्टाटस वा बायोमार्फत संकेत गर्ने गर्छन्। त्यसो त ज्ञानी केही समयदेखि श्रीमान्सँग विदेशमा बस्दै आएकी थिइन्। विदेशमै उनले एक छो’रालाई जन्म दिएकी थिइन्। उनका छोरा अहिले करिब एक व’र्षका छन्। सानो र खुसी देखिने परिवारलाई छाडेर उनी सधैँका लागि बि’दा भएकी छन्। उनी फेसबुक र टिकटकमा अरूका कथा सुनाउँथिन्। मन छुने सायरी र प्रेरणादायी सन्देश पनि सुनाउने गर्थिन्। त्यसैले उनको नि’धनले धेरै शुभचिन्तकलाई दुःखी बनाएको छ। यो घ’टनाले एउटा महत्त्वपूर्ण सन्देश पनि दिएको छ। मानिस बाहिरबाट हाँसिरहेको देखिए पनि भित्र गहिरो पीडामा हुन सक्छ। त्यसैले आफ्ना परिवार, साथीभाइ र आफन्तसँग समय–समयमा खुलेर कुरा गरौँ। उनीहरूको भावना बुझ्ने प्रयास गरौँ। यस्तो बाटो भुलेर पनि न’रोजौँ, किनकि जी’वन अमूल्य छ।