@aka194914: जगन्नाथ र रामेश्वरम् मन्दिरमा गर्भगृहमा प्रवेश गरेर पूजा गर्ने हक नेपालका राजालाई मात्रै छ। भारतीय राष्ट्रपति यदि सनातन धर्म मान्छन् भने उनलाई पनि मन्दिरको गर्भगृहमा पुगेर मूर्ति छुने हक छैन । राजा ज्ञानेन्द्रको राज्यारोहणपछि पनि नेपाल दरवारबाट जगन्नाथ मन्दिरमा हरेक साल कस्तुरी पठाइन्थ्यो। राजा वीरेन्द्रबाट धेरै वर्ष पहिले जगन्नाथ र रामेश्वरम् मन्दिरको गर्भगृहमै प्रवेश गरेर पूजा आराधनालगायतका विधि सम्पन्न भएको थियो । भारतको उडिसास्थित जगन्नाथ मन्दिरमा भगवानको प्रतिमामा मुकुट फेर्न हिन्दु ( सनातन धर्मावलम्बी)राजा नै चाहिन्छ । यस्तै दक्षिण भारतको रामेश्वरम् मन्दिरमा मुकुट बदल्ने काम नेपालका राजाबाट मात्रै हुनुपर्ने विधान र मान्यता छ । नेपालमा गणतन्त्र भएपछि जगन्नाथ र रामेश्वरम् मन्दिरका मुकुट फेर्न सकिएको छैन, पुराना मुकुट थोत्रो भएका छन् । #nepali #king #temple #india