@mithlesh.kalwar: सिराहाको नवराजपुर गाउँपालिका वडा नं. ४, नवराजपुर टोलकी २० वर्षीया सन्जना कुमारी यादवमाथि फोनमा कुराकानी गरेको विषयलाई लिएर घरेलु महिला हिंसा तथा निर्घात कुटपिट भएको छ। प्राप्त विवरण अनुसार, सन्जनाका पतिको मोबाइलमा उनकै साथीले फोन गरेका थिए। उक्त फोनमा पत्नीले कुराकानी गरेको थाहा पाएपछि पतिले "मेरो साथीसँग किन कुरा गरेको?" भन्दै विवाद झिकेका थिए। सामान्य विषयबाट सुरु भएको विवाद उग्र बन्दा सन्जनामाथि कुटपिट भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पीडितका ३३ वर्षीय पति राम शंकर यादव लाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। घटनापछि उनका २८ वर्षीय देवर श्याम सुन्दर यादव भने फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पीडितका ससुरा राजिन यादव भने हाल वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका छन्। पीडित सन्जनाको माइती भारतको मधुवनी जिल्ला अन्तर्गत भेलहामा पर्छ, जहाँ उनका पिता बुधन यादव बसोबास गर्छन्। महिलामाथि भएको यो हिंसाको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।