@mr..sharma04: रोल्पाका तीन बालिकाको संघर्ष भाइरल, अब स्नातकसम्म निःशुल्क शिक्षा पाउने भए रोल्पा — वर्षातमा रेनकोट लगाएर विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रोल्पाका तीन बालिकाले उच्च शिक्षासम्म निःशुल्क पढ्ने अवसर पाउने भएका छन्। रुन्टीगढी गाउँपालिका–४, टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती वर्षातको समयमा रेनकोट ओढेर विद्यालय पुग्ने गरेको भिडियोले धेरैको ध्यान तानेको थियो। भिडियो सार्वजनिक भएपछि उनीहरूको शिक्षाको जिम्मा स्थानीय विद्यालय र गाउँपालिकाले संयुक्त रूपमा लिने निर्णय गरेका हुन्। हाल तीनै बालिका सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत छन्। विद्यालयले कक्षा ६ सम्मको शिक्षा निःशुल्क दिने प्रतिबद्धता जनाएको छ भने कक्षा ७ देखि स्नातकसम्मको सम्पूर्ण खर्च रुन्टीगढी गाउँपालिकाले बेहोर्ने घोषणा गरेको छ। पत्रकार तथा समाजसेवी भुवन थापाको पहलमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुन बालिकाहरूको घरमै पुगी अभिभावकसँग छलफल गरेका थिए। छलफलपछि नै उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउने सहमति बनेको हो। तीनै बालिकाका बुबा हाल वैदेशिक रोजगारीमा रहेका छन्। भाइरल भिडियोपछि उनीहरूको संघर्षपूर्ण विद्यालय यात्रा राष्ट्रियस्तरमै चर्चाको विषय बनेको थियो। अहिले स्थानीय तह र विद्यालयले शिक्षाको जिम्मेवारी लिएपछि यसलाई बाल शिक्षा र सामाजिक उत्तरदायित्वको उदाहरणीय पहलका रूपमा प्रशंसा भइरहेको छ।

Mr_SHA₹MA
Mr_SHA₹MA
Open In TikTok:
Region: SA
Saturday 25 July 2026 10:26:08 GMT
11549
705
18
10

Music

Download

Comments

kala.tamang256
kanxitmg :
good
2026-07-25 13:13:42
1
amrit.bufhathoki
Amrit Bufhathoki :
गुड
2026-07-25 15:28:14
0
sita.rana5767
Sita Rana :
2026-07-25 12:06:59
0
kalpana.saund5
Kalpana Saund :
qawsedrft
2026-07-25 10:38:31
0
tirthakumarigurun7
tirthakumarigurun7 :
🙏
2026-07-25 11:03:35
0
sony.rai90
Sony Rai :
[Sticker]
2026-07-25 14:39:14
0
chin.maya.gurung1
Chin maya gurung :
🥰🥰🥰🥰🥰
2026-07-26 04:10:27
0
padmaraut4
PadmaRaut :
🥰🥰🥰
2026-07-26 02:27:15
0
maheshbudhathoki1234
m ❤️💝 k :
🥰🥰🥰
2026-07-26 01:58:17
0
ram.bahadur0134
Ram Bahadur55371377 :
❤️❤️❤️
2026-07-25 16:40:48
0
champa.kumari.gha
Champa Kumari Gharti :
🥰🥰🥰
2026-07-25 16:40:09
0
manuprakash12
prakash :
🥰🥰🥰
2026-07-25 15:19:39
0
amrita.gandharba
Amrita Gandharba :
🥰🥰🥰
2026-07-25 14:34:26
0
ujwalbishwokarma7
Ujwal Bishwokarma :
🥰🥰🥰
2026-07-25 12:50:47
0
kalatamang43
❤️🌸💐 :
🥰🥰🥰
2026-07-25 11:46:20
0
saritayounjan6
SARITA (moonlight Cosmetic) :
😁😁😁
2026-07-27 08:59:31
0
To see more videos from user @mr..sharma04, please go to the Tikwm homepage.

Other Videos


About