@rolpahighlights: video : indragurung रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा आज दिउँसो गाई–बाख्रा चराइरहेका बेला एक्कासी माथिबाट पहिरो खस्दा दुई जना महिला गोठाला पुरिएको आशंका गरिएको छ। इलाका प्रहरी कार्यालय पोवाङका अनुसार दिउँसो करिब १:१० बजे पहिरो खसेको थियो। घटनापछि स्थानीयले गोठाला सम्पर्कविहीन भएको जानकारी दिएपछि वडा नं. १ का निवर्तमान अध्यक्ष महावीर राना मगरले दिउँसो २:३० बजे प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा ४ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त स्थान इलाका प्रहरी कार्यालय पोवाङबाट करिब २५ किलोमिटर पूर्वमा पर्दछ। प्रहरीले साँझ ४:२० बजेसम्म प्राप्त जानकारीअनुसार दुई जना महिला गोठाला पहिरोमा पुरिएको आशंका गरिएको छ। पशुचौपायाको क्षतिको विवरण भने हालसम्म खुल्न सकेको छैन। उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको नेतृत्वको टोलीसहित थप ५ सदस्यीय प्रहरी टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।#today #update #rolpa