@deathless_____: आज कुनै कारण बिना नै उसको याद आयो। कुनै गाना बजेको थिएन। कुनै पुरानो फोटो देखिएको थिएन। म त्यस्तो कुनै ठाउँमा गएको पनि थिइनँ जहाँ हामी जान्थ्यौँ। बस अचानक... याद आयो। चिया बनाउँदै थिएँ। हात रोकियो। एक पलको लागि सबैथोक रोकियो। त्यो अनुहार, त्यो आवाज, त्यो हासो— सबै कुरा एकसाथ आयो, र बिलाएर गयो। चिया बन्यो। मैले पिएँ। आफ्नो काममा लागेँ। तर त्यो एक पल... पूरा दिन भारी भइरह्यो। भन्छन्, जब कसैको याद बिना कारण आउँछ... त्यतिखेर उनी पनि तपाईंलाइ नै सोच्दै हुन्छन् रे। यो सत्य हो वा होइन, मलाई थाहा छैन; तर आज यही कुरा सोचेर मैले आफ्नो मनलाई सम्झाएँ।#pravuramsastra #fyp