Kapilphotography :
दिव्य श्रृंगेश्वर मौन पुष्करिणी स्नान महोत्सव–२०८३ अन्तर्गतका धार्मिक कार्यक्रमहरू श्रद्धा, भक्ति र उत्साहका साथ निरन्तर सञ्चालन भइरहेका छन्।
असार ३० गतेदेखि भाद्र १ गतेसम्म सञ्चालन हुने यस पवित्र महोत्सवको अवसरमा श्री शृङ्गेश्वर धाम, रुरुक्षेत्र–४, लेखगुफा (गुल्मी) मा दैनिक रूपमा रुद्री पूजा, हवन, विशेष पूजा–आराधना, भजन–कीर्तन तथा मन्दिरमा सम्पन्न हुने विविध धार्मिक अनुष्ठानहरू विधिपूर्वक भइरहेको छ। श्रद्धालु भक्तजनहरूको आगमन भइरहेको छ। दर्शन, पूजा, मौन पुष्करिणी स्नान तथा धार्मिक सेवामा सहभागी भई भक्तजनहरूले पुण्य आर्जन गरिरहनुभएको छ।
आउनुहोस्, पावन शृङ्गेश्वर धाममा उपस्थित भई मौन पुष्करिणी स्नान, पूजा–आराधना तथा धार्मिक अनुष्ठानमा सहभागी बनौँ। सनातन धर्म, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनको यस पवित्र अभियानलाई सफल बनाउन सबै धर्मप्रेमी महानुभावहरूको सक्रिय सहभागिताको हार्दिक अपेक्षा गर्दछौँ।
श्रावण २४ गतेदेखि नागपञ्चमीसम्म श्री शृङ्गेश्वर धाममा विशेष धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। यस अवधिमा शिव महायज्ञ, देवताहरूको दिव्य झाँकी, देवलिला, शिवपुराण वाचन, शिव ताण्डव स्तोत्र पाठ, रुद्री, हवन तथा अन्य वैदिक धार्मिक अनुष्ठानहरू श्रद्धा र भक्तिपूर्वक सम्पन्न गरिनेछन्।
सनातन धर्मप्रति आस्था राख्ने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई परिवारसहित उपस्थित भई दर्शन, पूजा–आराधना तथा धार्मिक कार्यक्रमहरूमा सहभागी भई पुण्य लाभ लिन हार्दिक अनुरोध गर्दछौँ।
जय श्री राम
हर हर महादेव!
2026-07-28 12:47:52