Astro Rajnishree :
शास्त्रमा पत्नीले आफनो पतिलाई अनिवार्य गुरु मान्नु पर्छ भनेको छ।पतिलाई गुरु वा देवतासरह सम्मान गर्नुपर्छ तर त्यो पतिको चरित्र, ज्ञान, संयम र धर्मपालनमा आधारित आदर्श हो। केवल पति भएकै कारण होइन।जुन पति सत्य, मर्यादा, आत्मसंयम, तप, करुणा र धर्मको मार्गमा हिँडेर आफ्नी पत्नीलाई पनि सो तर्फ प्रेरित गर्छ, त्यही पति पत्नीको लागि गुरु बन्न योग्य हुन्छ।गुरु पद मागेर होइन, गुण र आचरणले प्राप्त हुन्छ। जहाँ दिव्यता हुन्छ, त्यहाँ श्रद्धा आफैँ जन्मिन्छ।
पत्नीले पति भित्र परमेश्वर देख्नु अघि, पतिले आफ्नै हृदयमा परमेश्वरलाई जागृत गर्नुपर्छ। अधिकारले होइन, आदर्शले श्रद्धा जन्माउँछ। जहाँ पुरुषको जीवन तप, सत्य, प्रेम र मर्यादाले उज्यालो हुन्छ, त्यहाँ पत्नीले गुरु खोज्न बाहिर भौतारिनुपर्दैन; घर नै गुरुकुल बन्छ र दाम्पत्य नै साधना बन्छ।
2026-07-27 14:20:56