करुणेश :
म बाहुन हुँ। म राई लिम्बू लिम्बू.....लगायत सबै जातजातीलाई के भन्न चाहन्छु भने। हामी सबै नेपालीहरु एकजुट हुनुपर्छ। हामी जब शिक्षित हुन्छौ र सुसंस्कृत हुन्छौँ तब देश आफै बन्छ। हाम्रा आउने पुस्ताले पनि राम्रो सभ्यता सिक्छ।
राम्रो-नराम्रो मान्छे बाहुन, क्षेत्री, राई, लिम्बु, मधेसी सबै तिर हुन्छन। जातले मान्छे राम्रो नराम्रो हुँदैन। शिक्षा, संस्कार, बोलीबचनले राम्रो-नराम्रो छुट्याउँछ। आजै देखि सफा बसौँ, सफा बोलौँ (आजबाट मनपरी नबोल्ने कसम खाऔँ), बरु एक छाक कम खाएर भएपनी बच्चाहरुलाई शिक्षा दिऔँ, शिक्षामा राम्रो नगर्नेलाई सीप सिकाऔँ, अनि आफुले रिस, राग, ईर्ष्या कम गरौँ, बच्चाहरुलाई माया गरौँ, आफू सबल भए निर्बललाई सहयोग गरौँ। यो धर्तीमा हामीले धर्म गरेर मर्नुपर्छ। अर्को जुनी पनि हामी बाँच्नुपर्छ। कसैले देखेको छैन भनेर अधर्म नगरौँ। हामीले गरेको धर्म-अधर्म सबै भगवानको खाता लेखिएको हुन्छ। जय नेपाल। 🙏🙏🙏
2026-07-28 06:30:49