@suwanipoudel2: एउटा प्रश्न राज्यसँग। जब नागरिक र प्रहरी आमनेसामने हुन्छन्, राज्यको पहिलो जिम्मेवारी के हो? सम्झाउने कि गोली चलाउने? सुनसरीमा प्रहरीको गोली लागेर एक नागरिकले ज्यान गुमाए। अहिले आन्दोलन सुनसरीबाट विराटनगरसम्म फैलिएको छ। यो केवल एउटा जिल्लाको घटना रहेन, यो राज्य र नागरिकबीचको विश्वासको प्रश्न बनेको छ। लोकतन्त्रमा राज्यको शक्ति नागरिकको सुरक्षाका लागि हो, नागरिकमाथि प्रयोग गर्नका लागि होइन। यदि स्थिति नियन्त्रण गर्नै थियो भने—के संवादको सबै विकल्प सकिएको थियो? के अश्रुग्यास, पानीको फोहोरा, लाठीचार्ज वा अन्य उपाय पर्याप्त थिएनन्? किन अन्तिम विकल्प मानिने गोली चलाउने अवस्था आयो? एउटा नागरिकको मृत्यु भएपछि केवल "स्थिति नियन्त्रणमा छ" भनेर पुग्दैन। राज्यले जवाफ दिनुपर्छ— कसको आदेशमा गोली चल्यो? किन चल्यो? गोली चलाउनु अपरिहार्य थियो भन्ने प्रमाण के छ? न्याय भनेको केवल अनुसन्धान समिति बनाउनु होइन। न्याय भनेको सत्य बाहिर ल्याउनु, दोषी जोसुकै भए पनि कानुनअनुसार जवाफदेही बनाउनु हो। आज प्रश्न एउटा व्यक्तिको मृत्युको मात्र होइन। प्रश्न यो हो के हाम्रो राज्यले आफ्ना नागरिकसँग संवाद गर्न छोडेर गोलीलाई समाधान बनाउन थालेको हो? जनताको जीवन कुनै पनि सरकार, कुनै पनि पद र कुनै पनि शक्तिभन्दा ठूलो हुन्छ। राज्य शक्तिशाली हुन सक्छ, तर लोकतन्त्रमा राज्यभन्दा माथि नागरिकको जीवन र कानुनको शासन हुन्छ।#sunsari #sarkar #police #dead #religion

Legal Light  🇳🇵
Legal Light 🇳🇵
Open In TikTok:
Region: NP
Tuesday 28 July 2026 03:03:58 GMT
381
54
3
3

Music

Download

Comments

sunil.thapa5942
Sunil Thapa :
Good
2026-07-28 10:07:09
0
rudrakarki5177
rudrakarki5177 :
जब हतियार लियेर हिन्दु र मुस्लिम हरु निस्किन्छन भने के गर्ने ?
2026-07-28 08:30:08
0
universe_1232
universe_1232 :
..
2026-07-28 03:27:27
0
To see more videos from user @suwanipoudel2, please go to the Tikwm homepage.

Other Videos


About