@shristyybhattarai8: सम्माननीय सभामुख महोदय, मेरो गृह क्षेत्र सुनसरीमा जसरी भाइ ओम प्रकाश मेहताको जीवन खोसियो त्यसैगरी भर्खरै खबर प्राप्त गरे अनुसार अर्का भाई जयप्रकाश मेहताको उपचारको क्रममा निधन भएको छ, दिवंगत आत्माप्रति हार्दिक श्रद्वांजली! म एक जनप्रतिनिधिको नाताले र यो देशको माटोलाई माया गर्ने नागरिकको बोल्न उभिएको छु। म यो सदनबाट मेरो सुनसरीका दाजुभाइलाई भन्न चाहन्छु यो आगो, यो ढुंगामुढा, यो तोडफोडले न कुनै हिन्दूको मन्दिर सुरक्षित हुन्छ, न कुनै मुस्लिमको मस्जिद चम्कन्छ! हिंसाले कसैको चुलो बल्दैन। वर्षौँदेखि हामी एउटै कुवाको पानी खाएका, हामी एउटै हाटबजारमा सरसामान किनबेच गरेका, सुखदुःखमा एकअर्कालाई सघाएका यी मान्छेहरूबीच यो विष कसले घोलो? म आज यो संसदमा प्रष्ट भन्न चाहन्छु, केही हुल्याहा र अतिवादीहरूको गल्तीको सजाय म सिङ्गो हिन्दू वा मुस्लिम समुदायलाई दिन सक्तिनँ। अपराधको कुनै जात हुँदैन, अपराधी जुनसुकै धर्मको होस् त्यो केवल अपराधी हो, समाजको दुस्मन हो!" मानिस कुनै राजनीतिक स्वार्थ पूरा गर्ने भर्याङ होइनन्, देशका मूल पहिचान र साध्य हुन्। भाइ ओम प्रकाशको हत्या कुनै समुदायको जीत वा हार होइन, यो सिङ्गो देशको हार हो। राजनीतिक वा धार्मिक लाभका लागि कसैको जीवनलाई साधन बनाउने छुट कसैलाई छैन । नागरिक प्रयोग गर्ने वस्तु होइनन्, सम्मान गर्ने व्यक्ति हुन्। त्यसैले, यो आगो र आक्रोशलाई बन्द गरौँ, र दोषीलाई हदैसम्मको कारबाही गर्न एक हौं भनि यो सदनबाट आग्रह गर्दछु। संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रता र धारा १७ ले बोल्ने अधिकार दिएको छ। तर यसको अर्थ कसैलाई घृणा फैलाउने वा अरूको अस्तित्व नै सिध्याउने छुट दिइएको होइन। यदि कुनै पवित्र पूजास्थल वा प्रार्थना गर्ने ठाउँबाटै घृणाको विष पोखिन्छ भने, त्यो धर्मको पालना होइन , त्यो त धर्मकै चिहान खन्नु हो! अब तत्काल एउटा उच्चस्तरीय न्यायिक छानबिन समिति बनोस् जसले प्रशासनको असफलतादेखि यो आगो सल्काउने गिरोहसम्म सबैको सत्यतथ्य बाहिर ल्याओस्। कर्फ्यु लगाएर मात्रै मानिसको मनको डर भाग्दैन। गाउँ-गाउँमा शान्ति समिति बनाउनुपर्छ र हाम्रा युवाहरूलाई सामाजिक सञ्जालका झूटा खबर र भ्रामक प्रचारबाट जोगाउनुपर्छ। संविधानको धारा ४ ले नेपाल धर्मनिरपेक्ष देश हो र धारा १८ ले कानुनको नजरमा सबै समान छन् भनेको छ। नेपाल कसैको एक्लो बिर्ता होइन। हिमाल, पहाड र तराईका हिन्दू, मुस्लिम, बौद्ध, किरात, क्रिस्चियन, हामी सबै यो देशका बराबर हकदार हौँ! म एउटै कुरा भन्छु "हिंसाको आगोले खरानी पारेको घरले कहिल्यै उज्यालो दिँदैन; सुनसरीको माटोमा अब बदलाको होइन, सहअस्तित्व र सद्भावको दियो बल्नुपर्छ। हिंसाले होइन, संवादले देश बन्छ। सुनसरीको शान्ति र सद्भाव नै हाम्रो साझा संकल्प हो। धन्यबाद । #RSP #SHRISTIBHATTARAI
Shristi Bhattarai
Region: NP
Thursday 30 July 2026 11:12:47 GMT
Music
Download
Comments
🦚preetu💗 :
Well said diju❤️
2026-07-30 13:24:08
1
rama :
badhai xa nani
2026-07-31 11:48:57
0
Gaurab 🕉️ 💖🙏🇳🇵👑 :
एकता को जग के हो ⁉️थाह छ ⁉️
2026-07-30 17:23:56
0
Hima Devi ojha :
अस्ति हिंसाबाट आज तपाईं याे ठाउमा उभिन सफल त हाइनर?????
2026-07-31 07:22:44
0
shandya ❤️ :
❤️❤️
2026-07-30 13:42:17
1
Niru :
👌👌👌
2026-07-31 09:49:01
0
padma_thakuri :
❤️❤️❤️
2026-07-31 05:43:47
0
THE UK 07 🏍️🤘🏾🏍️ :
💕💕💕
2026-07-31 03:22:39
0
prakash :
❤️❤️❤️
2026-07-31 01:39:11
0
Sarthak Raj K Shrestha :
❤️
2026-07-30 18:41:27
0
Ur रा_जन💐 :
🔥🔥🔥
2026-07-31 01:26:07
0
Subin Giri :
❤️❤️
2026-07-30 15:30:11
0
Urmila Karki :
❤️❤️❤️
2026-07-31 16:32:32
0
To see more videos from user @shristyybhattarai8, please go to the Tikwm
homepage.